२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आगामी आवको अन्त्यसम्म १२ सय मेगावाट विद्युत् थप हुँदै

२०७५, ३ चैत्र आईतवार १०:३४

रमेश लम्साल | चैत ३, काठमाडौँ (रासस) | आगामी आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ । 

हाल देशको प्रसारण प्रणालीमा एक हजार १५ मेगावाट बराबरको विद्युत् जोडिएको छ । सरकारले गत वैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा क्षेत्रको समग्र कार्ययोजनासहितको श्वेतपत्रमा तीन वर्षभित्र तीन हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो । 

सोही लक्ष्यअनुसार चालू आवमा २८७ मेगावाट बराबरको विद्युत् उत्पादन हुनेछ । तर चालू आवको हालसम्म ३९ मेगावाट विद्युत् मात्रै प्रणालीमा थप भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनकाअनुसार चालू आवमा १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए, २२ मेगावाट क्षमताको वाग्मती साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनेछ । ती तीनवटै आयोजनाको परीक्षण उत्पादन हुनेक्रममा पुगेको छ । यसै महीनाको अन्त्यसम्ममा ती आयोजनाले परीक्षण उत्पादन शुरु गर्नेछ । 

यस्तै चालू आवको अन्त्यसम्म २० मेगावाट क्षमताको तल्लो मोदी, छ दशमलव चार मेगावाट क्षमताको माथिल्लो मैलुङ ए, २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु ए, १२ मेगावाटको नामर्जुन मादी, २५ मेगावाट क्षमताको काबेली बि एक पनि निर्माण सम्पन्न हुनेछ । 

यस्तै तीन दशमलव दुई मेगावाटको गेलुन खोला, आठ दशमलव आठ मेगावाटको रुदी ए, ५ मेगावाटको घलेम्दी खोला, तीन दशमलव तीन मेगावाटको कापडीगाड, २३ दशमलव पाँच मेगावाटको सोलु, सात मेगावाटको माथिल्लो खिम्ती दुई, पाँच मेगावाटकै घट्टे खोला, १० मेगावाटको इवा खोला, चार दशमलव पाँच मेगावाटको विजयपुर खोला, सात मेगावाटको माथिल्लो मार्दी र छ दशमलव छ मेगावाटको रुडी खोला चालू आवको अन्त्यसम्मा सम्पन्न हुने छन् । 

आव २०७६/७७ मा खानी खोला एक ४० मेगावाट, दोर्दी खोला २७ मेगावाट, मिस्ट्री खोला ४२ मेगावाट, माथिल्लो साञ्जेन १४ दशमलव आठ मेगावाट, रसुवागढी १११ मेगावाट, खानी खोला ३० मेगावाट, तल्लो सोलु ८२ मेगावाट, माथिल्लो दोर्दी ए २५ मेगावाट, सिंगटी खोला १६ मेगावाट, अप्पर बलेफी ३६ मेगावाट गरी कूल २३ आयोजना सम्पन्न हुनेछन् । ती आयोजनाबाट ९८२ मेगावाट विद्युत् प्रसारण प्रणालीमा थप हुनेछ । 

सरकारको सहजीकरणका कारण निर्माणाधीन आयोजना धमाधम सम्पन्न हुनेक्रममा रहेको भन्दै मन्त्री पुनले आर्थिक वर्ष २०७७/७८ सम्म थप ४५५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप हुने जानकारी दिनुभयो । 

केही आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने क्रममा रहेको भए पनि प्रसारण लाइन निर्माणमा देखिएको समस्याका कारण विद्युत् खेर जाने अवस्थासमेत आउने भएको छ । सोलु करिडोरमा निर्माणाधीन केही आयोजना सम्पन्न हुने चरणमा पुगेको भए पनि प्रसारण लाइन निर्माणमा तोकिएअनुसारको उपलब्धि हुन सकेको छैन । 

सो प्रसारण लाइनको कूल ३०३ टावरमध्ये हालसम्म १४३ वटा टावरको मात्रै जग तयार भएको छ । यस्तै २१ वटा टावरमा मात्रै तार तान्ने काम सम्पन्न भएको छ । यस्तै दोर्दी करिडोरमा निर्माणाधिन प्रसारण लाइनको अवस्था पनि उस्तै रहेको छ । विद्युत् उत्पादन हुने अवस्थामा आयोजना पुग्दासमेत प्रसारण लाइन निर्माणले गति लिन सकेको छैन । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न मन्त्रालयले आवश्यक पहल गरेको जानकारी दिँदै मन्त्री पुनले भन्नुभयो, “हामीले निरन्तर अनुगमन तथा समस्या समाधानका लागि पहल गरेका छौं  । केही आयोजनामा सकारात्मक सुधार पनि आइरहेको छ ।” 

अधिकांश प्रसारण लाइनको साझा समस्याका रुपमा वन क्षेत्रको जग्गा प्रयोग नै रहेको छ । डिभिजन वन कार्यालयले रुख कटानको अनुमति नदिँदा एक दर्जन बढी प्रसारण लाइनको काम समस्यामा परेको छ । 

मन्त्री पुनले मन्त्रालयको सकारात्मक पहलका कारण एक दर्जन बढी प्रसारण लाइन आयोजनाको सकारात्मक सुधार आएको र अरु आयोजनाकोसमेत समस्या समाधान हुने जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा