२०८३, १ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कालोपत्र गरिँदै मध्यपहाडी लोकमार्ग

२०७६, ५ बैशाख बिहीबार १६:०३

वैशाख ५, रुकुमपूर्व (रासस) | रुकुमपूर्वमा पर्ने मध्यपहाडी लोकमार्गको १६ किलोमिटर सडकखण्ड कालोपत्र गरिँदैछ । यो सडक नै जिल्लाको सबैभन्दा पहिले कालोपत्र हुँदै गरेको सडक हो । चन्द्रा एण्ड वसन्त कन्स्ट्रक्सन कम्पनीले भुमे गाउँपालिका–३ किमुबोटदेखि भुमे–१ को तुपुवाङखोलासम्मको १६ किलोमिटर सडकखण्डमा कालोपत्रको काम धमाधम गरिरहेको छ । नालीसहित सडकलाई चौडा बनाउने काम सकिएपछि कालोपत्रको काम शुरु गरिएको कम्पनीले जनाएको छ । 

यस क्षेत्रमा माघदेखि जेठ महीनाको अन्तिमसम्म मात्र काम गर्न सहज हुने कन्स्ट्रक्सन कम्पनीका इञ्चार्ज विष्णुबहादुर रावतले बताउनुभयो । “वर्षायाममा पानी र हिउँदयाममा हिउँ र चिसोका कारण सडकको काम गर्न असहज भइदिन्छ”, कम्पनीका इञ्चार्ज रावतले भन्नुभयो, “वैशाख १ गतेदेखि शुरु गरिएको पहिलो चरणको कालोपत्र काम असार मसान्तभित्र सक्ने गरी दिनरात खटिरहेका छौँ ।” सर्वसाधारणको सुविधालाई ध्यानमा राखी उनीहरुको यात्रामा समस्या नआओस् भनेर सडकको एक भाग कालोपत्र गर्ने र अर्को भागमा सवारी साधन गुड्न दिने व्यवस्था मिलाइएको छ । 

त्यसैगरी कालोपत्र गरिएको भागमा सवारी साधन गुड्ने भएपछि फेरी अर्को भाग पनि त्यसरी नै कालोपत्र गरिने उहाँको भनाइ छ । उक्त सडकखण्ड कालोपत्रका लागि रु २८ करोड  बजेट विनियोजन गरिएको थियो । रुकुमपूर्व र पश्चिम गरी यी दुईवटा जिल्लामा मध्यपहाडी लोकमार्गको १ सय २३.५ किलोमिटर सडकखण्ड पर्दछ । दुवै जिल्लामा पर्ने उक्त सडकखण्डलाई आठ खण्डमा विभाजन गरेर स्तरोन्तिको काम भइरहेको छ ।

जिल्लामै पहिलोपटक सडक कालोपत्र हुँन लाग्दा जिल्लावासी खुशी भएका छन् । बर्खामा हिलो र हिउँदमा धुलो धुवाँबाट आजित भएका जिल्लावासी सडक कालोपत्र भएपछि उक्त समस्याबाट मुक्त हुने र यात्रामा सहज हुने भन्दै खुशी भएका हुन् । भुमे गाउँपालिका– ६ का तारक बुढाले भन्नुभयो, “खाल्डाखुल्डी परेको सडकमा झ्याकिँदै र बाटोमा हिलो भेटिएपछि गाडी हिलोमा गाडिन्छ भनेर भुइँमा झर्दै फेरि गाडी चढ्दै यात्रा गर्नुपर्ने बाध्यता अब हामी माँझबाट टर्ने भएको छ । चिल्लो बाटोमा आनन्दमय यात्रा गर्ने जिल्लावासीको रहर पूरा हुने भएको छ । सडक कालोपत्र भएपछि समय र पैसाको बचत हुने साथै व्यापार व्यवसायमा सहयोग पुग्ने भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगरले बताउनुभयो । पक्की सडक बनेसँगै जिल्ला भित्रिने पर्यटकको सङ्ख्यामा वृद्धि हुने उहाँको भनाइ छ । उक्त मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन हामीले सरकारको विरोध गर्ने होइन, राम्रो कामको समर्थन गर्नुपर्छ: गगन थापा प्रधानमन्त्री जवाफ दिन नआए हाम्रो पार्टी बाहिरिनेछ : हर्क साम्पाङ हिजोका सरकारले गरेका राम्रा कार्यक्रम खुलेर होइन लुकेर लिन खोजियो: सांसद अर्याल सरकारको नीति तथा कार्यक्रम पुरानै कार्यक्रमको निरन्तरता हो: सांसद झाँक्री प्रतिनिधिसभामा सुरु भयो नीति तथा कार्यक्रममाथि छलफल प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म कांग्रेसले विरोध जारी राख्ने प्रतिनिधि सभाको बैठक शुरू लोकतान्त्रिक अभ्यासमा संसद्लाई छलेर अघि बढ्ने कुरा स्वीकार्य नहुने: योगेश भट्टराई सुन-चाँदीको मूल्य बढ्यो सर्वोच्चको मौनताप्रति बारको ध्यानाकर्षण ‘बोल्न नदिने सरकार र बोल्दै नबोल्ने प्रधानमन्त्रीविरुद्ध’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन कक्षा ११ र १२ का लागि छात्रवृत्ति आवेदन माग, १७ गते परीक्षा नेपाल आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाइयो प्रधानमन्त्रीलाई संसदमा र्‍याप हान्न बोलाएको होइन, जवाफ दिन बोलाइएको हो: ज्ञानेन्द्र शाही बोल्न नदिएपछि हर्क साम्पाङले गरे संसद् बैठक बहिष्कार प्रधानमन्त्री अनुपस्थितिपछि संसद् अवरोध राष्ट्रिय सभाको बैठक स्थगित ट्याक्टर दुर्घटनामा किशोरको मृत्यु