2026-07-25 01:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

देशभित्रै रोजगारी उपलब्ध गराउन ५ अर्व १ करोड

जेठ १५, काठमाण्डौ । सरकारले आर्थिक वर्ष २०७६/०७७ को बजेटमा श्रम तथा रोजगारीको लागि ७ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.यूवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि मात्रै ५ अर्व १ करोड छुट्याइएको जानकारी दिए । सरकारले चालु आव.मा वर्ष ३ अर्ब  १० करोड विनियोजन गरि प्रधानमन्त्री कार्यक्रम ल्याएको थियो । जस अन्तर्गत न्युनतम १०० दिनको रोजगारी ग्यारेन्टी गर्ने लक्ष्य राखेको थियो तर यस वर्ष न्युनतम ३० दिनको रोजगारी दिनेगरी २ अर्बभन्दा बढी बजेट स्थानीय तहलाई अनुदानका रुपमा उपलब्ध गराइएको छ ।

योगदानमा आधरित सामाजिक सुरक्षा कोषका लागि ६४ अर्ब ५० करोड बजेट विनियोजन गरेको मन्त्री खतिवडाले जानकारी दिए । ८३ हजार युवालाई सीपमुलक तालिमका लागि १ अर्ब ७२ करोड बजेट विनियोजना गरिएको छ ।

स्थानीय तथा प्रदेशस्तरमा संचालन हुने कार्यहरुमा स्थानीय रोजगार सेवा केन्द्रमा दर्ता भएका बेरोजगारलाई रोजगारीका अवसरमा प्राथमिकता दिनुपर्ने गरि कार्यक्रम ल्याइएको अर्थमन्त्रीले बताए । गर्वदेखि वृद्धसम्म लाई सामाजिक सुरक्षा योजनामा समाहित गर्ने अर्थमन्त्रीले बताए । 

बैदेशिक रोजगारीका लागि कामदारको लागत रोजगारदाताले नै व्यहोर्ने नीति अनुरुप श्रम सम्झौतालाई प्राथमिकतामा राखिएको उनले बताए । सरकारले आगामी वर्ष युवा वैज्ञानिक समेलन गर्ने घोषणा गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक