२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नागरिकलाई सहज सेवा दिन सहायता कक्ष

२०७६, २७ जेष्ठ सोमबार ०६:०८


सुशीला रेग्मी

, २७ जेठ,बेझाड| (राससरामपुर नगरपालिकामा नागरिक सहायता कक्ष सञ्चालनमा ल्याइएको छ । नागरिकलाई छिटोछरितो रुपमा सहज सेवा दिने गरी वडा नं ७ को कार्यालयले नगरपालिकामै पहिलो पटक यो सेवाको शुरुआत गरेको छ ।

नागरिक सहायता कक्ष सञ्चालनमा आएपछि सेवा लिन सजिलो परेको सेवाग्राही वसन्त श्रेष्ठ बताउनुहुन्छ । उहाँले पहिला एक निवेदनका लागि बाहिर व्यक्तिसँग रु एक सय शुल्क तिरेर लेख्दै आउनुभएको थियो । “वडाले नागरिक सहायता कक्ष शुरु गरेपछि अन्यत्र निवेदन लेख्नका निम्ति धाउनुपर्ने बाध्यता हटेको छ, सजिलैसँग वडा कार्यालयबाटै सेवा पाएका छौँ”, उहाँले भन्नुभयो ।नागरिकलाई स्थानीय सरकारको प्रत्याभूति दिलाउँदै छिटो र सहज सेवा प्रदान गर्न यो सेवा शुरुआत गरेको वडाध्यक्ष तीर्थप्रसाद पँगेनी बताउनुहुन्छ । “वडाका सबै जनप्रतिनिधि, कर्मचारीलाई परिचालन गरेर सेवाग्राहीलाई नागरिक सहायता कक्ष मार्फत सेवा प्रदान गरिरहेका छौँ, सेवाग्राही यस सेवाबाट सन्तुष्ट हुनुहुन्छ”, उहाँले भन्नुभयो ।

  नगरपालिकाको कार्यालयबाट सेवा दिँदै आएको वडाले गएको मङ्सिर १ गते वडा कार्यालय स्थापना गरेसँगै यो सेवा शुरु गरेको हो । अहिले वडा कार्यालयमा पुग्ने सर्वसाधारण नागरिकले सहज रुपमा सेवा लिन पाएपछि खुशी छन् । घरायसी काम सकाएर वडा कार्यालयमा जाँदा सजिलोसँग कार्यालयले पुग्ने बित्तिकै सेवा दिएको देवी भट्टराई बताउनुहुन्छ । 

“सामान्य निवेदन लेख्न आफूले नजानेपछि गाउँमा जाने बुझेका मान्छे खोज्नु प¥यो, भनेको समयमा कहिले काम हुन्थ्यो कहिले रित्तै फर्कनुपथ्यो, अहिले त निवेदन लेख्न, योजनाका कागजत पत्र मिलाउन अरूलाई गुहार्नु परेको छैन”, उहाँले भन्नुभयो । कलम चलाउनै नसक्नेलाई लेखिदिने, कलम चलाउन सक्ने सेवाग्राहीलाई निवेदन लेख्ने ढाँचा सिकाउन थालेपछि अर्को पटक उनीहरु आफैँ नै निवेदन लेख्न सक्षम बनेको वडा सचिव गीता पौडेल बताउनुहुन्छ । यसले सेवाग्राहीलाई सजिलो हुनुका साथै काम पनि छिटो हुँदै गएको  छ। 

धेरैजसो नागरिकले निवेदन लेख्नमा नै सास्ती खेपिरहेका थिए । यो सेवा शुरु भएपछि वडा कार्यालयमा पुगेको दश मिनेटमा नै सबै काम सकेर फर्कने गरेको रिमबहादुर राना बताउनुहुन्छ । नगरका दश वडामध्ये ७ नं वडाबाट यो सेवा शुरु भएको छ । नगरपालिकाका सबै वडा कार्यालयमा नागरिक सहायता कक्षा सञ्चालन गरेर सेवाग्राहीलाई सहज सेवा दिन अनुरोध गरिएको नगरप्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । नगरवासीले गुनासो गर्न नपाउने गरी सेवालाई छिटो छरितो बनाउने प्रयास भइरहेको उहाँको भनाइ थियो । 

वडाका विभिन्न योजना, निवेदन जस्ता कुरामा नागरिकले ध्यान नदिँदा सामान्य कामका लागि पटक पटक वडा कार्यालय तथा नगरपालिकाको कार्यालयमा धाउनु परेको छ । धेरैजसो नागरिक भने निवेदन लेख्नमा नै अलमलिने गरेको पाइएको छ ।

एघार लाखको अक्षयकोष

रामपुरको कालीगण्डकी आँखा उपचार केन्द्रमा रु ११ लाख बराबरको अक्षयकोष स्थापना भएको छ । जापानी नागरिक र स्थानीयवासीले गरी रु ११ लाख ६० हजार १०० रकम अक्षयकोष स्थापना गरिदिएका छन् । जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे) मार्फत रु नौ लाख रकम प्राप्त भएको छ । 

रामपुरका स्थानीयवासी दोवराज तिवारीले आफ्ना छोराको सम्झनामा रु एक लाख जनक स्मृति अक्षयकोष, झपेन्द्र न्यौपानेले आफ्ना छोरा दीपक न्यौपानेको सम्झनामा रु एक लाख अक्षयकोष स्थापना गरिदिनुभएको छ ।त्यस्तै चापाकोट नगरपालिका स्याङ्जाका स्व कृष्णप्रसाद आचार्य बेदुका, उहाँका श्रीमतीहरु सीतादेवी आचार्य र नारायणी आचार्यको सम्झनामा रु ६० हजार बराबरको अक्षयकोष स्थापना भएको छ । उहाँका छोरीहरु तारादेवी पोखरेल, तुलसी भट्टराई, हरि रेग्मी, प्रवीणा अधिकारी, मुना भट्टराई र गीता लम्सालले आँखा उपचार केन्द्रका लागि सो रकम अक्षयकोष स्थापना गरिदिनु भएको हो । अक्षयकोष रकम गरीब, दीनदुःखी तथा असहाय बिरामीको उपचारमा खर्च गरिने केन्द्रका अध्यक्ष हुतराज पोखरेलले जानकारी  दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा