2026-07-25 02:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जापान जाने सोचमा हुनुहुन्छ ? नेपालमा नै शुरु भयो ई-लर्निङ सेवा

साउन २३ काठमाडौं । जापान जान चाहने नेपालीहरुको लागि लक्षित गरि जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवा सुरु भएको छ । बिहीबार एक कार्यक्रमका विच जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवाको औपचारिक सम्झौता गरिएको हो। 

जापानस्थित जापान इन्ष्टिच्युट अफ कल्चर एण्ड इकोनोमी (जेआइसिई)का सिइओ नाकाता सुनिइची र नेपालका तर्फबाट लिंकन इन्स्टिच्युट अफ मल्टिपल स्टडिज प्रालिका अध्यक्ष पुकार थापाले नेपालमा जापानिज भाषा अध्ययनका लागि ई-लर्निङ सेवाको औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरे । 

जेआइसिईका सिइओ नाकाता सुनिइचीले जापानमा अध्ययन तथा रोजगारीको खोजीमा थुप्रै युवा जाने गरेकाले नेपाली युवाहरुको सहजताका लागि ई–लर्निङ सेवा सुरु गर्न लागिएको बताए।  ‘जापानमा जाने नेपाली युवाहरु भाषा अध्ययन गरेर गए पनि कन्भरसेसन गर्न सक्दैनन्, कतिपय त भाषा पढेर गए पनि राम्रोसँग बुझ्न सक्दैनन्, त्यस्तो समस्या समाधानका लागि हामीले ई-लर्निङ सेवा सुचारु गर्न लागेका हौँ,’ उनले भने। 

ई–लर्निङमार्फत अध्ययन गरेका विद्यार्थी तथा कामदारहरुले जापानमा सामान्य बोलिचालीको भाषा राम्रोसँग बुझ्न र बोल्न सक्ने सिइओ सुनिइचीले दावी गरे। ई–लर्निङमार्फत पढेर, सुनेर तथा भिडियो हेरेर पनि भाषा सिक्न सकिन्छ भन्ने राम्रो उदाहरण दिनको लागि नेपालमा प्रचार प्रसारको आवश्यक तयारी गरिएको नेपालका तर्फबाट जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले बताए। 

सम्झौतासंगे पहिलो चरणमा नेपालमा इन्टरनेटको पहुँच भएका स्थानहरुमा ई–लर्निङ सेवा सुरु गर्छौं ओझाले भने ‘नेपाल बाहिरका इन्टरनेटको पहुँच नभएका स्थानमा समेत इन्टरनेट पहुँच विस्तार गरी सेवा सुचारु गर्दै जानेछौं ।’ 

ई–लर्निङ के हो ? 

इन्टरनेटका माध्यमबाट आफ्नो अनुकुलतामा अध्ययन गर्न सकिने सेवा नै ई–लर्निङ सेवा हो।  ई-लर्निङ सेवामार्फत एन फाइभ तहसम्मको जापानिज भाषा सिक्न सकिने व्यवस्था गरिएको जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले बताए । आफ्नो मोबाईल, ल्यापटप तथा कम्प्युटरमार्फत ई–लर्निङ सेवा लिन सकिन्छ। यो सेवामार्फत जापानिज भाषा सिक्न ४ महिनाको अध्ययन कोर्स राखिएको ओझाले जानकारी दिए । 

ई–लर्निङ सेवा कसरी लिने ? 

ई-लर्निङ सेवा अन्तर्गत जापानिज भाषा अध्ययनका लागि एक व्यक्तिले एउटा ई–लर्निङ आइडी र पासवर्ड लिन सकिन्छ। सो आइडी र पासवर्ड लिएबापत १५ हजार रुपैयाँ शुल्क तोकिएको छ ।  ई–लर्निङ सेवामार्फत जापानिज भाषा अध्ययनका लागि विभिन्न जापानिज भाषा प्रशिक्षण संस्थामार्फत सहकार्य गरी व्यक्तिहरुले आफ्नो आइडी लिन सक्ने व्यवस्था गरिने जेआइसिईका सिइओ नाकाता सुनिइचीले बताए। एउटा आइडी एक पटकमा एउटा मात्रै मोबाइल, ल्यापटप वा कम्प्युटरमा लगइन गरेर प्रयोग गर्न सकिन्छ । 

आफ्नो ई–लर्निङको आइडी एउटा मोबाइलमा लगइन छ र अब मोबाइलबाट नचलाएर कम्प्युटर, ल्यापटप वा अर्को मोबाइलमा लगइन गरेर अध्ययन गर्नुपर्‍यो भने पहिले लगइन भइरहेको डिभाइसबाट लगआउट गरेपछि मात्रै अन्य डिभाइसमा लगइन गर्न सकिने सुनिइचीले बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ