2026-07-25 02:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोकाकोलाद्वारा नेपालमा नयाँ जिग्री प्याक सार्वजनिक, कति छ मूल्य ?

साउन २४, काठमाडौँ | पेय पदार्थको बजारमा ख्यातिप्राप्त ब्राण्ड कोकाकोलाले २५० एमएलको सानो जिग्री प्याक बजारमा सार्वजनिक गरेको छ । कोकाकोलाले हलुका र बोक्न सहज प्याक शुक्रबार काठमाडौँको होटल याक एण्ड यतिमा एक बिशेष कार्यक्रम गरि सार्वजनिक गरेको हो । 

कोकाकोलाले आफ्नो पछिल्लो सानो प्याक पेय पदार्थलाई उपभोक्ता मैत्री अर्थात सबैको साथी जस्तै भएको भन्दै ‘जिग्री’ नाम दिएको जनाएको छ । जिग्री प्याकमा प्याकेजिङ उद्योगकै नवीनतम प्रविधि प्रयोग गरिएको कोकाकोलाले जनाएको छ । बोटलर्स नेपाल लिमिटेडले स्टेट अफ आर्ट प्रविधिमा लगानी गरे पश्च्यात नेपाल विश्वभरमै यस क्षेमता हुने तेश्रो देश भएको प्रेस बिज्ञप्तिमा उल्लेख छ । 

जिग्री प्याक त्यस्तो एउटा वातावरणमैत्री सानो बोत्तल हो जो पुन: प्रयोग गर्न सकिन्छ । कोकाकोलाले हलुका, पुन:शिलबन्दि गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधि प्रयोग गरेको जनाएको छ । जसको आयु ६ महिनाको हुने उल्लेख छ ।

उपभोक्ताले यो सानो प्याकको पेय पदार्थ अन्तर्गत कोकाकोला, स्प्राइट र फ्यान्टा प्रति बोतल रु ४० मा खरिद गर्न सक्नेछन ।  नेपालमा जिग्री प्याक सार्वजनिक गरेको अवसरमा नेपालका लागि कोकाकोलाका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने ‘हामी ग्राहकहरुका लागि कोका-कोला, स्प्राइट र फ्यान्टाको उपयुक्त प्याक ल्याउन पाउँदा अत्यन्त खुसि छौं । जिग्री प्याकले ग्राहकले हाम्रो ब्राण्डप्रति देखाएको मायान्का लागि म आभार प्रकट गर्दछु र मलाई बिश्वास छ कि ग्राहकले जिग्री प्याकलाई पनि उत्तिकै मन पराउनुहुनेछ ।’

त्यस्तै बोटलर्स नेपालका म्यानेजिङ डाइरेक्टर प्रदीप पाण्डेले भने ‘बोटलर्स नेपालले नेपालमा स्टेट अफ आर्ट प्रोडक्ट लाइनमा लगानी गर्न पाउँदा निकै प्रसन्न छौं र हामी जिम्मेवार र दीगो व्यवस्थापनमा प्रतिवद्ध छौं । यो नवीनतम प्रविधि मार्फत हामी वातावरणमैत्री बन्नका साथै उपभोक्तालाई पनि सुविधा प्रदान गर्न सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ