2026-09-13 12:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नौ सय किमी सडक कालोपत्र

असोज ७, दाङ | प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुक सङ्घीयतामा  गएसँगै विकास निर्माणका कामले तीव्र गति पाएको बताउनु भएको छ । आज तुलसीपुरमा भएको नेपाल हेभिइक्युपमेन्ट अपरेटर सङ्घ प्रदेश नं ५ स्तरीय भेलामा मुख्यमन्त्री पोखरेलले  विकासका कामले तीव्रता पाएपछि सङ्घीयतालाई असफल बनाउन केही तत्वबाट सङ्घीयताको विरुद्धमा अफवाह फैलाएर जनतामा निराशा थप्ने कार्य भइरहेको छ भन्नुभयो ।

जनतामा भ्रम छरेर राजनीति गर्न खोजिएको भन्दै यसरी भ्रम छरेर नेता बन्न नसकिने समेत उहाँको भनाइ छ । तीन तहमा जनप्रतिनिधि र २० हजारभन्दा बढी कर्मचारी कार्यरत रहँदा प्रशासनिक खर्च भने बढेको जस्तो देखिए पनि तीनै तहका सरकारबाट अहिले घरआँगनबाटै सेवा पाउँदा जनतालाई धेरै सजिलो भएको बताउनुभयो । 

गत आर्थिक वर्षमा ९०० किमी सडक कालोपत्र भएको र यो अहिलेसम्मकै बढी सडक कालोपत्र भएको समेत उहाँले उल्लेख गर्नुभयो । प्रदेश नं ५ सरकारले २०० किमीभन्दा सडक कालोपत्र गर्न सफल भएको भन्दै मुख्यमन्त्री पोखरेलले यही अनुपातमा सात वटै सरकारले कालोपत्र गरे बर्सेनि एक हजार ४०० तथा प्रत्येक स्थानीय तहले वर्षमा पाँच किमी सडक कालोपत्र गरे तीन हजार ५०० किमीभन्दा बढी कालोपत्र हुने उल्लेख गर्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन