2026-07-24 10:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनआरएनए मलेसियाबाट डिआरसीमा निबर्तमान अध्यक्ष न्यौपानेको उम्मेद्वारी

असोज २७, काठमाडौं । गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषदको आगामी नेतृत्वका लागि मलेसियाबाट एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक (डिआरसी)मा उम्मेदवारी दिएका खगेन्द्र न्यौपानेका पक्षमा सर्बसम्मति बन्ने भएको छ ।

एसिया प्यासिफिक सहसंयोजक पदमा दुई जना जान सक्ने भएकाले मलेसियाको प्रतिनिधित्व गरेका न्यौपानेलाई एक पद दिने प्राय सहमति भइसकेको श्रोतको भनाई छ । एनआरएन अभियानमा नेतृत्व तहसँग सहकार्य गरेर सक्रिय रुपमा लागिरहेका न्यौपाने आगामी नेतृत्वमा जसरी भएपनि ल्याउनका लागि सर्बसम्मतिको पहल भएको हो । 

एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष न्यौपानेले क्षेत्रीय सहसंयोजक पदका लागि ९ बूँदे घोषणापत्र जारी गर्दै उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएको मर्म, भावना एवं उद्देश्य पुरा गर्नका लागि आगामी कार्यकालका लागि क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेको न्यौपानेले बताएका छन् । 

एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य हुदै अध्यक्षको जिम्मेवारी समेत कुशलतापूर्वक निभाइसकेका न्यौपानेले क्षेत्रीय सहसंयोजकमा जाने निर्णय गर्दा एनआरएन मलेसियाले पूर्ण रुपमा समर्थन गर्दै सर्बसम्मत बनाउन दवाव दिइरहेको छ ।

न्यौपानेले आफ्ना प्रतिवद्धता पत्रमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम गर्ने योजना अगाडी सारेका छन् । देशमा लगानी बढाउन पहल गर्ने, पहिलो, दोश्रो पुस्ता मात्र नभएर हरेक नेपालीलाई एनआरएन अभियान भित्र समेट्न पहल गर्ने उनको योजना छ । एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरुको सानो सानो पुजिको एकिकृत गरी लगानीको वातावरण बनाउन, एसिया प्यासिफिक क्षेत्रका एनआरएनहरुको क्षेत्रीय श्रमिक सरोकार केन्द्र स्थापना गर्ने योजना उनले ल्याएका छन् । त्यस्तैगरी म्यानमार लुम्बिनी सीधा हवाई सेवाका लागि पहल गर्ने, वैदेशिक रोजगारमा रहेका नेपालीहरुको २४ घण्टे बीमाका लागि पहल गर्ने लगायत काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक