Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दैलेखमा भईरहेको पेट्रोलियम अन्वेषणको काम सफलता नजिक

२०७६, १८ मंसिर बुधबार ०९:५७

नरबहादुर रिजाल | मङ्सिर १८, दैलेख | यहाँ शुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ । जिल्लाका भूभागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलीले अन्वेषणको कार्य तीव्र पारेको हो । 

पेट्रोलियम अन्वेषणको महत्वपूर्ण कार्य मानिएको साइस्मिक सर्वेको काम अहिले तीव्र पारिएको छ । जिल्लाका विभिन्न भूभागमा साइस्मिक सर्वेको कार्य तीव्र पारिएसँगै छिट्टै सर्बेको निष्कर्ष आउने आशा गरिएको छ । चीन सरकार र नेपाल सरकारको संयुक्त विशेषज्ञ टोलिले पेट्रोलियम अन्वेषणका विभिन्न काम एकै साथ अगाडि बढाएका हुन् । विदेशमा पेट्रोलियम अन्वेषणका लागि काम गरेका अनुभवी नेपाली कामदार अहिले यो कार्यका लागि प्रयोग गरिएका छन् । 

अनुसन्धानका लागि अत्याधुनिक साधनसमेत ल्याइएको छ । साइस्मिक सर्वेअन्तर्गत जमीनभित्र तरङ्ग पठाउने काम शुरु गर्न थालिएको छ । विभिन्न चारवटा सर्वेमध्ये सबैभन्दा महत्वपूर्ण मानिएको साइस्मिक सर्वेपछि त्यसको अनुसन्धान गरेर भण्डारणको क्षेत्र पहिचान हुने भएको छ । नेपाल सरकार र चीन सरकारसँग भएको सम्झौताअनुसार पेट्रोलियम भण्डारणको बढी सम्भावना भएकाले दैलेखका विभिन्न भूभागमा २० किलोमिटर क्षेत्रभित्र १० वटा सर्कलमा जमीनमुनि डिलिङ गर्ने काम शुरु गरिएको छ । 

सर्वेका लागि तयार पारिएका १० सर्कलमा अहिले १० समूह निर्माण गरेर ड्रिलिङको काम शुरु गरिएको छ । दशमध्ये एउटा सर्कलमा जमीनमुनि करिब ४५ फिटसम्म ड्रिलिङसँगै विस्फोटक पदार्थ राख्ने काम सकिएको हो । अन्य सर्कलमा उक्त कार्य तीव्ररुपमा अगाडि बढेको छ । जमीनमुनि तरङ्ग पठाएर तरङ्गको मापन गरिने र सोहीअनुसार भण्डारणको धेरै सम्भावना भएको स्थानमा मुख्य ड्रिलिङको काम हुने खानी तथा भूभर्वविद् एवं अन्वेषण कार्यका लागि खटिएका खानी तथा भूगर्भ विभागका अन्वेषण अधिकृत डा गणेशनाथ त्रिपाठीले जानकारी दिनुभएको छ ।

पहाडी भूभाग भएकाले साइस्मिक सर्वेका लागि आवश्यक उपकरण लिन र लैजानसमेत समस्या हुने गरेको छ । भिरालो जमीन र बढीजसो स्थानमा ढुङ्गाको चट्टान भएका कारण सामान्य समस्या भए पनि कामको गति नरोकिएको अन्वेषणमा संलग्न टोलीले जानकारी दिएको छ । अन्वेषणका लागि ड्रिलिङ मेशिन राख्नुपर्ने, त्योसँगै जेनेरेटरलगायतका सामान लिन लैजान केही समस्या भएको छ । एक समूहमा आठ नेपाली कामदार र दुई जना विज्ञ सम्मिलित टोलीले विभिन्न दशवटा सर्कलभित्र काम गरेका छन् । 

चट्टानका कारण कहिलेकाहीँ मेशिनमा सामान्य समस्या उत्पन्न हुने गरेको भए पनि तत्काल मेशिन निर्माण गरेर काम शुरु भइरहेको साइस्मिक परियोजनाको व्यवस्थापन जिम्मेवारी लिएका सूर्यमणि लामिछानेले जानकारी दिनुभयो । अन्वेषण कार्यका लागि आवश्यक पर्ने सबै खाले सुरक्षा व्यवस्था मजबुत पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले राष्ट्रिय महत्वको परियोजना भएकाले जिल्लाको समग्र सुरक्षाको व्यवस्थापन गरिएको र परियोजना सफल भए आर्थिकरुपमा नेपालले ठूलो फड्को मार्ने बताउनुभयो । 

“हामीले टोलीमा खटिएका विषयलगायतका अन्य विषयमा नजिकको प्रहरी वा अन्य सुरक्षा निकायलाई दैनिकरुपमा भेटघाट गर्ने र कुनै स्थानमा अभान्छित गतिविधि भए तत्काल कारवाही प्रक्रिया थाल्न निर्देशन दिएका छौँ”, प्रजिअ कट्टेलले भन्नुभयो । अन्वेषणका लागि आवश्यक पर्ने सामान चुप्रा क्याम्पमा राखिएको छ । दिनभर विभिन्न भूभागमा काम गरेर टोली साँझ क्याम्पमै फर्कने गरेको छ । दुल्लुमा पनि क्याम्प निर्माण गरिने भनिए पनि काम गर्ने सबै स्थान नजिकसम्म यातायातको सुविधा पुगेका कारण अहिले चुप्राकै क्याम्पबाट काम शुरु गरिएको छ । आवश्यकताअनुसार दुल्लुमा पनि क्याम्प खडा गर्ने तयारी आयोजनाको छ । 

पेट्रोलियम अन्वेषणको काम संवेदनशील भएकाले खोज र अनुसन्धानका विभिन्न प्रक्रिया सुरक्षितरुपमा गर्नुपर्ने भएकाले कुन भूभागमा कति परिमाणमा छ या छैन भन्ने कुराको यकिन भएपछि मात्र सञ्चारमाध्यममा यसको प्रगति दिने त्यस अघि वा पछि चिनियाँ टोलीले कुनै प्रतिक्रिया नदिने बताइएको छ । साइस्मिक सर्वेपछिको रिपोर्टका आधारमा उपयुक्त स्थानको खोजी गरेर भण्डारणका बारेमा थप अनुसन्धान थालिने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै