2026-07-24 07:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अरुको खातामा निक्षेप जम्मा गर्नेको पनि ३ पुस्ते विवरण चाहिंने, यस्तो छ नयाँ सिस्टम

मंसिर २७, काठमाडौं | अब कसैको बैंक खातामा रकम जम्मा गर्दा आफ्नो ३ पुस्ते विवरण भर्नुपर्ने भएको छ | सम्पत्ति शुद्धीकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्यिसल एक्सन टास्क फोर्स (एफएटीएफ)को नियम अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई गोएएमएल सफ्टवेर राख्न निर्देशन दिइसकेको छ |

०७६ माघ १ गतेदेखि वाणिज्य बैंकहरुले र ०७७ असार १ गतेदेखि विकास बैंक र फाइनान्स कम्पनीहरुले गोएएमएल सफ्टवेर राख्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ | उक्त सफ्टवेर राखेपछि कुनै बैंक तथा वित्त कम्पनीमा गएर कुनै व्यक्तिको खातामा रकम जम्मा गर्ने व्यक्तिले पनि आफ्नो ३ पुस्ते विवरण र आफ्नो पहिचान खुल्ने सक्कली प्रमाणपत्र राख्नुपर्ने भएको हो |

राष्ट्र बैंकले गोएएमएल लागू नगर्नेलाई कारवाहीको दायरामा ल्याउने समेत घोषणा गरिसकेको छ | सन् २०२० मा एफएटीएफले नेपालको समीक्षा गर्दैछ जस्कालागी सरकारले कम्प्लाइन्समा कडाइ गर्दै छ | गोएएमएल वित्तीय क्षेत्रका लागि तयार गरिएको अन्तर्राष्ट्रिय स्तरको एकप्रकारको सम्पती शुद्धिकरण सम्बन्धी सफ्टवेयर हो | जुन सिस्टम विश्वका सबै देशहरुको बैंकिङ क्षेत्रमा लागू गरिएको छ | राष्ट्र बैंकले नेपालमा २ वर्ष अगाडि देखिनै लागू गर्ने तयारीमा थियो |

आफ्नो तयारी पुरा गरी सकेपछि राष्ट बैंकले समय नै तोकेर बैंक तथा वित्त कम्पनीलाई उक्त सिस्टम लागू गर्न निर्देशन दिएको छ | राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले तोकेको समय सीमाभित्र गोएमएल लागू नगर्ने बैंक तथा वित्त कम्पनीलाई राष्ट्र बैंकले ५ लाख रुपैयाँ देखि १० करोड रुपैयाँसम्म जरिवाना तिराउने बताएका छन् |

यो व्यवस्था बैंकिङ क्षेत्रको विकास र शुरक्षाका लागि अत्यन्तै आवश्यक रहेको उनले बताएका छन् | उक्त प्रणाली लागु भएपछि राष्ट्र बैंकले आफ्नो मातहतका सबै बैंक तथा वित्त कम्पनीहरुको कारोबारको विवरण स्यमः हेर्न सक्ने छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक