२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

भूकम्पपीडितलाई अन्तिम अवसर

२०७६, १५ पुष मंगलवार ०५:३८

पुष १५, काठमाडौँ | भूकम्पबाट आवास गुमाएर अनुदान सम्झौता गर्न बाँकी लाभग्राहीलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्झौता गर्ने अन्तिम अवसर दिएको छ । 

अनुदान सम्झौता गरिसकेका र गर्न बाँकी भएकाहरुले भने असार मसान्तसम्ममा आवास निर्माण सम्पन्न गरी तेस्रो किस्ता बुझिसक्नुपर्नेछ । पहिलो किस्ता भने यही पुस मसान्तभित्र बुझिसक्न प्राधिकरणले भनेको छ ।

भूकम्पमा घर गुमाएका कतिपय व्यक्ति विभिन्न कारणले अनुदान सम्झौता गर्नबाट वञ्चित छन् । यस्ता पीडितहरू अनुदान लिनबाट वञ्चित भएको गुनासो बढेपछि त्यसलाई सम्बोधन गर्न अवसर दिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार, अनुदान लिन छुटेका भूकम्पपीडितले ०७६ पुस मसान्तसम्म पहिलो किस्ता लिइसक्नुपर्नेछ । तर, त्यसभन्दा पहिले त्यस्ता लाभग्राहीले स्थानीय तहको सिफारिसमा जिल्ला पुनर्निर्माण सहजीकरण समितिबाट पीडित भएको प्रमाणित गराउनुपर्नेछ ।

त्यस्तै, आवास निर्माणको दोस्रो किस्ता लिने समय पनि प्राधिकरणले थपेको छ । यसअघि दोस्रो किस्ता लिन कात्तिक मसान्तसम्मको समय दिएको प्राधिकरणले ३ महिना थप गर्दै माघ मसान्तसम्मको समय दिएको हो ।

आवास निर्माणको समयसीमामा भने प्राधिकरणले कडाइ गरेको छ । प्राधिकरणका अनुसार, आवास अनुदानका लागि रकम लिएकाहरूले असार मसान्तसम्म निर्माण सकेर तेस्रो किस्ता लिइसक्नुपर्नेछ । आवास निर्माणको समय थप्दै आएको प्राधिकरणले अन्तिम पटक आउँदो असार मसान्तसम्मको समय दिएको हो ।

०७६ वैशाख १२ गते गोरखाको लाप्राक केन्द्रविन्दु भएर गएको भूकम्पले हजारौं आवासहरू भत्किए पनि अझै पुनर्निर्माण कार्य सकिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो