2026-07-25 06:45 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विश्वका राम्रा र खराब पासपोर्टको सूची सार्वजनिक,कुन स्थानमा छ नेपाल ?

माघ १, एजेन्सी | ‘द हेन्ले पासपोर्ट सूचांक’ले विश्वकै राम्रा र नराम्रा  पासपोर्टको सूची सार्वजनिक गरेको छ | सिएनएनले जनाइए अनुसार विश्वकै पहिलो  पासपोर्टको पहिलो नम्बरमा जापान रहेको छ | जापानी पासपोर्टबाट सबभन्दा धेरै देश सहजै जान पाइने भएकाले यो पहिलो भएको जनाइएको छ |

द हेन्लेले संसारभरका देशका कुन पासपोर्टले सहजै यात्रा गर्न सकिन्छ भन्ने आधारमा यो सूची तयार पारेको हो | जापानी पासपोर्टबाट सबै प्रकिया गरी १९१ देश जान सकिने सिएनएनले बताएको छ | त्यस्तै १९० देश जान सकिने क्षमताका आधारमा सिंगापुर पासपोर्ट दोस्रो नम्बरमा परेको छ |

१८९ देश जान मिल्ने गरी दक्षिण कोरिया र जर्मनी दुवै तेस्रो स्थानमा छन् | चौथोमा इटाली र फिनल्यान्ड (१८८ देश), पाँचौं स्पेन, लक्जेम्वर्ग र डेनमार्क (१८७), छैठौं स्विडेन र फ्रान्स (१८६), सातौं स्विटजरल्यान्ड, पोर्चुगल, नेदरल्यान्ड्स, आयरल्यान्ड र अस्ट्रिया (१८५), आठौं अमेरिका, युके, नर्वे, ग्रिस र बेल्जियम (१८४), नवौं न्युजिल्यान्ड, माल्टा, चेक रिपब्लिक, क्यानडा र अस्ट्रेलिया (१८३) र दसौंमा स्लोभाकिया, लिथुआनिया र हंगेरी (१८३) छन्।

नेपाल सबै भन्दा खराबकोको सुचिमा परेको छ | ४० भन्दा कम देश जान मिल्ने भएको भन्दै खराब सुचिमा राखेको छ | ३९ देश जान मिल्ने १०० औं नम्बरमा उत्तर कोरिया छ | यसपछि क्रमशः लिबिया (३७ देश), यमन (३३),  सोमालिया र पाकिस्तान (३२),  सिरिया (२९),  इराक (२८) र अफगानिस्तान (२६ देश) रहेको सिएनएनले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक