2026-07-25 09:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

रोजगार सेवा केन्द्रमा सुचिकृत बेरोजगारलाई प्राथमिकता दिन ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन

माघ ५, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सेवा केन्द्र मार्फत श्रमिक माग गरि खटाउन ७ सय ५३ वटै स्थानीय तहलाई निर्देशन दिएको छ । श्रम मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ का लागि सेवा केन्द्रमा सुचिकृत भएका बेरोजगारलाई प्राथमिकता दिन निर्देशन दिएको हो ।

स्थानीय तह भित्र संचालन हुने सार्वजनिक विकास आयोजनाहरुमा सम्बन्धित निर्माण व्यवसायीहरुसंग समन्वय गरि रोजगार सेवा केन्द्रमा सुचिकृत भएका व्यक्तिहरुलाई खटाउने व्यवस्था गरि न्युनतम रोजगारी प्रदान गर्न गर्नको लागि श्रम मन्त्री स्तरीय निर्णय भएको हो । 

सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ कार्यक्रम अन्तर्गत यस वर्ष ६० हजारलाई एक सय दिनको रोजगारी दिने तयारी गरेको छ।  सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि यस वर्ष ५ अर्ब १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। विनियोजित बजेटमध्ये ७० प्रतिशत रकम ज्यालामा खर्च हुने र ३० प्रतिशत मात्रै निर्माण सामग्री तथा सुरक्षा सामग्री लगायतमा खर्च गर्नुपर्ने प्रावधान छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक