२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कञ्चनपुरमा सिँचाइको व्यवस्थाले बिहे गर्न सजिलो !

२०७६, २६ माघ आईतवार ०८:११

माघ २६, कञ्चनपु | कञ्चनपुरको भीमदत्त नगरपालिका–७ चुरे क्षेत्र नजिक खेतमा सिँचाइको व्यवस्था भएपछि बिहेवारी गर्न सहज भएको छ। सिँचाइ नहुँदा थोरै मात्रै उब्जनी हुन्थ्यो।  थोरै अन्नले परिवारको वर्षभरिको साँझ–बिहानको छाक टार्न निकै मुस्किल हुन्थ्यो। अन्नले छ महिना धान्न  नसकेपछि यहाँका अधिकांश बासिन्दा भारतमा मजदुरीमा जान बाध्यता  थियो।     

सिँचाइको व्यवस्था नहुँदा  बुहारी भित्र्याउन यहाँका बासिन्दालाई सहज थिएन, वडाध्यक्ष शङ्करसिंह कुवँरले भने, “बुहारी खोज्न जाँदा सिँचाइको व्यवस्था भए/नभएको यकिन गर्दथे। अन्न थोरै उत्पादन हुँदा बुहारी पाउन विगतमा निकै अप्ठ्यारो नै थियो।” खानेपानी टाढाबाट बोकेर ल्याउनु पर्दथ्यो। यही समस्यालाई मध्यजनर गर्दै गाउँपालिकामा निर्वाचित पछि पहिलो प्राथमिकतामा सिँचाइलाई राख्यौँ। उनले भने, “स्थानीय बासिन्दाका खेतमा हाल सिँचाइ सुविधा पुगेको छ । उनीहरुलाई  वर्षभरि खान पुग्ने भएको छ। उत्पादन बढेको छ।”

खानेपानी र सिँचाइको व्यवस्थाले बुहारी भित्र्याउन विगतको जस्तो स्थानीय बासिन्दाले सास्ती खेप्नुपर्ने अवस्थाको नभएको वडाध्यक्ष कुवँरलले बताए।  सिँचाइको व्यवस्थाले स्थानीय बासिन्दा व्यावसायिक केराखेती र तरकारी खेती गर्न थालेका छन्। आम्दानी तीन गुणाले बढेको छ। घरमै बसीबसी कमाई गर्न थालेका छन्।

स्थानीय दानी गिरी सिँचाइ र खानेपानीको अभाव नभएको बताउछन्। खेतमा सिँचाइ त परको कुरा हो, विगत सम्झँदै उनले भने, “खानेपानीका लागि पनि सास्ती खेप्नु पर्दथ्यो। पहाडबाट तराई झर्दा सुखको अनुभूति गरी आएका थियौँ। यहाँ आएपछि निकै कष्ट सह्यौँ। हाल जनप्रतिनिधि निर्वाचित भएर आएपछि खानेपानीसँगै खेतमा सिँचाइको सुविधा पुगेको छ।”

चुरे क्षेत्र नजिकको बासिन्दा भनेपछि कसैले पनि छोरी दिन मान्दैनथे। हाल सडक, सिँचाइ, खानेपानीको व्यवस्था भएपछि बुहारी ल्याउन विगतको जस्तो छैन उनले भने, “नजिकैको चुरे क्षेत्रमा रहेको धार्मिक क्षेत्रमा समेत सडकसहितका पूर्वाधार विकास हुन थालेको छ।” 

महाकाली सिँचाइ आयोजनाले समेत चुरे क्षेत्रका बासिन्दालाई छोएको छैन्। आव २०७६/७७ मा सिँचाइ र खानेपानीको आपूर्तिलाई निरन्तर गर्नका लागि वडा कार्यालयले १०० केभीका दुई ट्रान्सफर्मर जडानसँगै सिँचाइ कुलो मर्मत, पक्की कुलो निर्माण, भूमिगत सिँचाइ मर्मतसम्भारको काम गरेको छ। आव २०७४/७५ र आव २०७५-७६ को असार मसान्तसम्ममा वडा कार्यालयले बैजनाथ, पशुपति, राधाकृष्ण, ज्योति, केदार, शिवशक्ति, दुर्गा, श्रीकृष्ण, अस्मिकेदार, सिद्धनाथ, भूमिराज लगायत टोलमा झण्डै रु एक करोड बढीको लगानीमा डिप ट्युबेल, स्योलो ट्युबेल जडानसँगै समरसिल पम्प खरीद, पाइप खरीदलगायतका काम सम्पन्न गरेको छ। 

डेढ दर्जन बढी डिप ट्युबेल सिँचाइ सुविधाका लागि निर्माण गरी स्थानीय किसानको खेतमा सिँचाइ सुविधा पु¥याइएको वडाध्यक्ष कुँवरले जानकारी दिए।  उनका अनुसार निर्माण गरिएको एक डिपट्युबेलबाट ६० बिघा जग्गामा सिँचाइ सुविधा उपलब्ध हुन्छ। डिपट्युबेल र स्यालोट्युबेलबाट झण्डै ८०० बिघा खेतमा सिँचाइ सुविधा पुगेको छ। वडामा एक हजार ८४ परिवारको बसोबास छ | रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी