योगेन्द्रकुमार जोगी | साउन १, संखुवासभा । संखुवासभाको खादबारी र भोजपुर दिङ्ला जोड्ने अरुण नद"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... योगेन्द्रकुमार जोगी | साउन १, संखुवासभा । संखुवासभाको खादबारी र भोजपुर दिङ्ला जोड्ने अरुण नद"/>
2026-09-18 10:06 PM
अर्थ/विकास

एमालेका कारण अरुण नदीको कात्तिके घाटमा फेरी निर्माणको विवाद

योगेन्द्रकुमार जोगी | साउन १, संखुवासभा । संखुवासभाको खादबारी र भोजपुर दिङ्ला जोड्ने अरुण नदीको कात्तिके घाटमा बन्न लागेको फेरीलाई रोक्न खोजेको आरोप सञ्चार मन्त्री शेरधन राईमाथि लागेको जानकारी आएको छ । 

फेरी निर्माणका लागि टेण्डर प्रक्रिया पूरा भएर हाल कार्यान्वयनको चरणमा छ । तर, एमाले नेता समेत रहेका राईले सडक बिभागमा अनावश्यक दबाब दिएर त्यसलाई रोक्न खोजेको स्थानीयबासीले आरोप लगाएका छन् । लेगुवा घाटमा रहेको प्रयोगविहीन फेरीलाई कात्तिके घाटमा लैजानका लागि सबै प्रक्रिया पूरा गरिसकेको अवस्थामा व्यक्तिगत रिसिबिका आधारमा मन्त्री राईले आफ्नो पदको दुरुपयोग गर्दै सुनबालुवा लान सडक बिभागका कर्मचारीलाई दबाब दिएको खुल्न आएको छ । लम्छुवा घाटको पुल लामो समयदेखि अलपत्र हुदा संखुवासभा र भोजपुरको उत्तरी र पूर्वी क्षेत्र देउराली, बोया, कुलुङ्, साङपाङ,कुदाककाउले, केउरेनिपानी, मुलपानी, तुङ्गेछा, नेपालेडाँडा, खार्तम्छा लगायतका २० गाविसका साथै  सोलुखुम्बुका हजारौं नागरीकले सास्ती खेपर्दै आएका छन् । मन्त्री राईले पटक-पटक फेरी रद्ध गरी सुनबालुवामा लैजान दबाब दिएपछि दिङ्ला लगायत २० गाविसका नागरीकले राईले जनविरोधी र विकास विरोधी कलम चालेको आरोप लगाएका छन् । उनीहरुले निर्णय भैसकेर कार्यन्वयनको चरणमा रहेको फेरी अन्यन्त्र सार्न दबाव दिनु जनहित विपरित भएको भन्दै आक्रोश पोखे । 

दिङ्लाका नागरीक अगुवा शम्भु अधिकारीले मन्त्री राईको जनविरोधी कदमको समयले मूल्यांकन गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई