2026-06-21 12:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एनसेलले ल्यायो यस्तो अफर

2020-03-19

चैत ६, कठमाडौं | एनसेल प्राईभेटले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याएको घोषणा गरेको छ । यो सिममार्फत ग्राहकले अझ सुलभ दरमा सेवाहरू लिन सक्ने कम्पनीले जनाएको छ । 

पीआरबीटी, स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो निःशुल्क सुचारु गर्न सकिने र प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्सको खर्चमा डेटा बोनस पाउने यो सिमका विषेशता रहेका छन् | यसबाहेक ग्राहकले बोनसका रूपमा गेमिङ र म्युजिकको मजा लिन पाईने आकर्षक डेटा प्याकहरुबाट फाइदा लिन सक्नेछन् । ग्राहकहरूले करसहित मात्र रु. ९९ मा बिहीबार (चैत्र ६) बाट यो सिम लिन सक्नेछन् । यो सिम लिनका लागि नागरिकता वा म्याद नसकिएको सवारी चालक अनुमतिपत्र वा राहदानी, पासपोर्ट साइजको एक प्रति फोटो र म्याद नसकिएको विद्यार्थी परिचयपत्र आवश्यक पर्दछ |

यो सिममा ग्राहकले रु. २० को मेन ब्यालेन्ससहित सात दिन समयावधि रहेको ५०० एमबी डेटा (२५० एमबी फोरजी सहित), १० मिनेट अन नेट टक टाइम र १०० वटा अन नेट एसएमएस पाउनेछन् । सिमसँगै बन्डल भई आउने पीआरबीटी (सेवा र स्वतः आउने टोन) स्पोर्टिज, स्पोर्ट भिडियो पोर्टल, दामी म्युजिक र हङ्गामा म्युजिक प्रो सेवाहरू सिम सुचारु भएको मितिबाट ३० दिनका लागि मान्य हुनेछन् |

यस नयाँ स्टार्टर प्याक योजनामा ग्राहकले सिम सुचारु गरेको दिनको मध्यरातभित्रै रु. १०० वा सोभन्दा माथिको ब्यालेन्स रिचार्ज गरेको खण्डमा ३० दिनसम्म प्रत्येक दिन १५० एमबी डेटा बोनस र माईफाइभ सेवा १२ महिनासम्मका लागि पाउनेछन् । प्रत्येक दिन पाइने १५० एमबी डेटाको समयावधि सोही दिनको मध्यरातसम्म हुनेछ । माईफाइभ सेवाअन्तर्गत पहिलो एक महिनाका लागि पाँच माईफाइभ नम्बरहरूमा  बिना कुनै शुल्क कुरा गर्न सकिनेछ भने बाँकी ११ महिना ती नम्बरहरूमा मात्र ९९ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको लाभ लिन सकिनेछ । 

यसका साथै यो योजनाअन्तर्गत ग्राहकले प्रत्येक रु. १०० को खर्चमा ५०० एमबी (२५० एमबी अलटाइम र २५० एमबी फोरजी) बोनस डेटा १२ महिना सम्म प्राप्त गर्नेछन् । ‘सही यो ! पावर सिम’ प्रयोग गर्ने ग्राहकका लागि आकर्षक डेटा प्याक पनि छन् । ग्राहकले एस्ट्रिक्स१७१०३ह्यास डायल गरी गेमिङ प्याक र म्युजिक प्याक खरिद गर्न सक्नेछन् |

ग्राहकले करबाहेक रु. ११० मा गेमिङ प्याक सुचारु गर्न सक्नेछन्, जसअन्तर्गत सात दिन समयावधि रहेको २ जीबी प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस् (प्लेलाइभ, गेम्सपार्क र गेम्स प्लस) निःशुल्क सुचारु गर्न सक्नेछन् । त्यस्तै, ग्राहकले कर बाहेकमात्र रु. १०५ मा म्युजिक प्याक सुचारु गर्न सक्नेछन् । म्युजिक प्याकअन्तर्गत ग्राहकले सात दिन समयावधिको २ जीबी डेटा प्राप्त गर्नेछन् । यसका साथै सात दिनसम्म डिजिटल सर्भिस (हङ्गामा म्युजिक प्रो र दामी म्युजिक) निःशुल्क सुचारु गर्न सक्नेछन् |

युवा पुस्ताका लागि विशेष र विभिन्न सेवाहरुको बन्डलिङसहित नयाँ स्टार्टर प्याक ‘सही यो ! पावर सिम’ ल्याउन पाएकोमा एनसेल हर्षित छ । यो योजनाले आधुनिक युवावर्गको सञ्चार सेवाको आवश्यकता परिपूर्ति गर्नुका साथै उनीहरूले बढी प्रयोग गर्ने सेवाहरूमा सहज र सरल पहुँच बनाउने विश्वास एनसेलले लिएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ