2026-07-10 07:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गर्दै साल्ट ट्रेडिङ

चैत १९, काठमाडौँ | कोरोना भाइरस संक्रमणलाई ध्यानमा राखी नेपाल सरकारले दुई साता लामो लकडाउन गर्दा उपभोक्तालाई समस्या भएकाले सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङले खाद्यान्नको बिक्रीवितरण गरेको छ ।  कर्पाेरेशनले आज मोबाइल भ्यानमार्फत नुन, चिनी, मैदा, दाल तथा गेडागुडी बिक्री गरिएको जनाएको छ ।

उपभोक्ताको मागअनुसार भ्यान पठाएर खाद्यान्न बिक्री गरिँदैआएकामा आज  काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न वडामा गएर बिक्री गरिएको साल्ट ट्रेडिङका सूचना अधिकृत कुमारराज भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आजका लागि तीन स्थानमा विभिन्न मार्ग बनाएर खाद्यान्न बिक्री गरिएको थियो । सोअनुसार सामाखुसी, टोखा, ग्वङ्गबँ, गौरीगाउँ र  जाल्पाचोक क्षेत्रमा रु एक लाख पाँच हजारको खाद्यान्न बिक्री गरिएको छ । त्यस्तै बालाजु, नयाँबजार, खुसीबँ र चक्रपथ क्षेत्रमा रु ८६ हजार र कुपण्डोल, हनुमानस्थान, सानेपा, पाटनलगायत क्षेत्रमा रु ८० हजार बराबरको खाद्यान्न बिक्री गरिएको छ ।

फाइल तश्वीर

त्यस्तै कालीमाटी काउण्टरबाट आज मात्र रु ९५ हजार ६ सयभन्दा बढी खाद्यान्न बिक्री गरिएको उहाँले जानकारी दिनुभयो । तीन मोबाइल भ्यान र कार्यालयबाट गरी आज  मात्र रु तीन लाख ६६ हजार सात सयभन्दा बढीको कारोवार भएको छ ।

घुम्ती सेवाबाहेक साल्ट ट्रेडिङले कालीमाटी, सतुङ्गल र कोटेश्वर गरी तीन स्थानबाट आउटलेट राखी खाद्यान्न र ग्यासको बिक्री गर्दै आएको छ । हाल लकडाउनका समयमा  हुने चर्को मूल्यवृद्धि र खाद्यान्नबाट उपभोक्तालाई केही राहत दिन मोबाइल भ्यानबाट घुम्ती सेवा दिइहेको सूचना अधिकृत भण्डारीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट