2026-07-25 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बीमा समितिद्वारा कोरोना भाइरस बीमालेख जारी गर्ने निर्णय, एकलाख सम्मको बीमा गर्न सकिने

मनोज  पराजुली। बैशाख ४,काठमाडौं । बीमा समितिले कोरोना भाइरस (कोभिड -१९) को रोगबाट रक्षावरण हुनेगरी बीमालेख जारी गर्ने निर्णय गरेको छ । हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुनेगरी कोरोना भाइरस सम्बधि बीमालेख जारि गर्न सबै निर्जीवन बीमा कम्पनीहरुको बीमा पुल मार्फत निर्देशन गरिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले साझा सबाललाई जानकारी दिए ।

कोरोना भाइरसलाई लक्षित गर्दै एक लाख र ५० हजारगरि २ वटा बीमालेख जारी गर्न सकिने व्यवस्था गरिएको पौडेलले बताए । श्रेणी ‘क’ र ‘ख’ गरि जारी हुने बीमालेखामा एक लाख रुपैंयासम्मको बीमा गर्दा एक हजार रुपैंया प्रिमियम शुल्क लाग्ने र परिवारका सबै सदस्यहरुको बीमा गर्दा प्रतिव्यक्ति ६ सय रुपैंया बीमा शुल्क लाग्ने व्यवस्था गरिएको उनले बताए ।

त्यस्तै ‘ख’ श्रेणी अन्तर्गत ५० हजार रुपैंयासम्म बीमा गर्न सकिने र सो बापत प्रतिव्यक्ति ५ सय बीमा शुल्क तोकिएको छ । यस अन्तर्गत परिवारका सबै सदस्यको बीमा गर्न चाहेमा थप ३ सय बीमा शुल्क निर्धारण गरिएको पौडेलले बताए ।

यस पोलिसी अन्तर्गत बीमा गर्ने व्यक्तिलाई कोरोना लागेको भनि पिसिआर परिक्षणमा पोजेजिभ देखिने बित्तिकै बीमा रकम दावी भुक्तानी लिन सकिने छ । दावीको लागि बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहने छ । 

नेपालमा हालसम्म १६ जनामा कोरोना भाइरस देखिएको अवस्थामा यो संक्रमण अझै फैलन सक्ने अवस्था र सम्भावनालाई मध्यनजर गरि कोरोना भाइरस बाट उत्पन्न हुने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न तथा विशेषगरी ग्रामीणस्तरसम्म न्यून आय भएका वर्गलाई समावेश गर्ने उदेश्यले यो बीमालेख जारी गर्ने निर्णय गरेको बीमा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक