२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थाले

२०७७, १८ बैशाख बिहीबार ०३:४५

दुर्गा देवकोटा | वैशाख १८, लम्की | कोरोना सन्त्रासका कारण मानिसहरुले खाद्यान्नको मौज्दात बढाउन थालेका छन् । यस वर्ष नागरिकले अघिल्ला वर्षभन्दा दोब्बर खाद्यान्न भण्डारण गरेको बताएका छन् । लकडाउनका कारण नेपालमा खाद्य सङ्कट हुनसक्छ भन्दै आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण गरेको उनीहरूले बताएका छन् । यसबाट विगतका वर्षको तुलनामा खाद्यान्न बिक्रीसमेत घट्ने देखिएको छ । 

टीकापुरका परमभक्त देवकोटा अघिल्ला वर्षहरुमा तीन क्विन्टलसम्म गहुँ खरिद गर्नुहुन्थ्यो । “यस वर्ष ६ क्विन्टल गहुँ खरिद गरेको छु’’, देवकोटाले भन्नुभयो, ‘‘कोरोना भाइरस सङ्क्रमणका कारण मुलुक लकडाउन भएको छ । कहिले खुल्छ ठेगान छैन । खाद्यान्न अभाव हुन सक्छ भनेर बढी खरिद गरेका हौँ ।” नागरिकले आफू र आफ्ना परिवारको खाद्य सुरक्षाका लागि आवश्यकताभन्दा बढी खाद्यान्न भण्डारण गर्न थालेका हुन् । 

टीकापुर, शङ्करपुरकी रेखादेवी विकले पनि यस वर्ष विगतका वर्षभन्दा बढी खाद्यान्न भण्डारण गर्नुभएको छ । “पचास किलो मसुरो, दुई क्विन्टल गहुँ भए पुग्थ्यो”, रेखादेवीले भन्नुभयो, “परिवारमा सल्लाह गर्यौं, अभाव हुन सक्छ भनेर बढी भण्डारण गर्ने सल्लाह भयो ।” रेखादेवीले चार क्विन्टल गहुँ र डेढ क्विन्टल मसुरो किन्नुभएको छ । उहाँले घरमा आवश्यक चामललगायतका अन्य खाद्यान्न पनि वर्षभरिलाई पुग्ने गरी जोहो गरिसकेको बताउनुभयो ।

सर्वसाधारण मात्र होइन किसानले पनि अघिल्ला वर्षभन्दा बढी खाद्यान्न भण्डारण गरेका छन् । जानकी गाउँपालिका–८ का किसान रामसुदन भण्डारीले पनि बढी खाद्यान्नको जोहो गर्नुभएको छ । “आफूलाई वर्षभरिलाई पुग्ने अन्न राखेर बाँकी बिक्री गर्थेँ”, भण्डारीले भन्नुभयो, “परिवारका सदस्यले बिक्री गर्न मानेनन् । यस वर्ष दुई वर्षलाई पुग्ने खाद्यान्न राखेको छु ।”

सरकारले गहुँको समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार १५ तोकेको छ तर किसानले सरकारले तोकेअनुसारको मूल्य पनि पाउन सकेका छैनन् । गाउँमा यतिखेर गहुँ प्रतिक्विन्टल रु दुई हजार ७०० मा बिक्री गर्नुपरेको टीकापुर–४ का किसान सुधराम चौधरीले बताउनुभयो । “लकडाउनका कारण बजारमा रहेका गल्ला व्यवसायीसम्म खाद्यान्न बिक्री गर्न जान सकिएन”, उहाँले भन्नुभयो, “ऋण गरेर खेती गरेको मानिस नबेचौँ भने भएन, गाउँमै बेच्दा मूल्य पाइएन ।”

लकडाउनका कारण बजार बन्द भएपछि गल्ला व्यापारीसमते मर्कामा परेका छन् । गल्ला व्यवसायी सङ्घ टीकापुरका अध्यक्ष भीमबहादुर ठकुल्लाले हरेक वर्ष यो ‘सिजन’मा १० हजार क्विन्ण्टलसम्म गहुँ खरिद गर्नुहुन्थ्यो । सरकारले तोकेको मूल्यमा गहुँ खरिद गर्न तयार भए पनि बजारसम्म किसान आउन नसकेको उहाँले बताउनुभयो । “अहिलेसम्म किसान बिक्रीका लागि आएकै छैनन्, भएको खाद्यान्न गाउँमै बिक्री गरेका छन्”, उहाँले भन्नुभयो, “खाद्यान्न खरिदका लागि तयारी अवस्थामा बसेका छौँ, कामदार पनि खाली बसेका छन् तर खाद्यान्न खरिद गर्न सकिएन ।”

टीकापुर गल्ला व्यवसायी सङ्घमा २५ व्यवसायी आबद्ध छन् । अध्यक्ष ठकुल्लाको जस्तै सबै व्यवसायीले खाद्यान्न खरिद गर्न पाएका छैनन् । गल्ला व्यवसायी ठकुल्लाले पाँच हजार क्विन्टल गहुँ खरिद गर्ने लक्ष्य भए पनि यस वर्ष किसान बिक्री गर्न आउने वातावरण नबनेको बताउनुभयो । सरकारले कृषि उपज बिक्री वितरणमा रोक नलगाउने नीति बनाए पनि सहज वातावरण नबनाउँदा उत्पादक, व्यापारी सबै मर्कामा परेका किसान तथा व्यवसायीको गुनासो छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी