एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आ"/>

2026-07-10 09:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

३० जना पत्रकारहरुको एक लाख रुपैयाँको कोरोना बीमा

जेठ १, काठमाडौं । पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरम (जनस्वयम्सेवी पत्रकार मञ्च) ले ३० जना पत्रकारहरुको एक लाख रुपैयाँको कोरोना बीमा गराएको छ ।


एनएलजी इन्स्योरेन्ससँगको सहकार्यमा फोरमले आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका नाजिफमा आबद्ध ११ जना, नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अन्तर्गत राहत वितरणमा खटिएका १४ जना र इन्स्योरेन्स खवरमा कार्यरत चार तथा फोरममा आबद्ध एक जना गरी कूल ३० जना पत्रकारहरुको बीमा गराएको हो ।

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले ३० जनाको प्रतिव्यक्ति ६०० का दरले १८ हजार २० रुपैयाँ टिकटसहितको बीमा शुल्क बुझाएर कूल ३० लाख बीमाङ्कको कोरोना बीमा गरिएको फोरमका संयोजक नबराज न्यौपानेले बताए ।

‘कोरोना महामारीमा फ्रन्ट लाईनमा खटिएका पत्रकारहरुको मनोबल उच्च राख्न कोरोना बीमा गरिएको हो, पत्रकारहरुलाई भोकै रहन नदिने उद्देश्यले राहत वितरणमा खटिएका नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पत्रकारहरुको बीमा गरिएको छ ।’ संयोजक न्यौपाने भने, ‘आगामी दिनमा फ्रन्ट लाइनमा खटिने र राहत वितरण गर्ने कार्यमा खटिएका थप २० जना पत्रकारहरुको बीमा गर्ने योजनामा छौं ।’

एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्तले पत्रकारहरुको कोरोना बीमा एनएलजी इन्स्योरेन्सबाट गर्न पाउँदा खुशी लागेको बताए । फ्रन्टलाईनमा खटिने पत्रकार, स्वास्थ्यकर्मी, राहत वितरणकर्ताहरुलाई कोरोना बीमा जरुरी रहेको उनले बताए ।

बीमा समितिको ५२ औं बार्षिकोत्सवको अवसरमा एनएलजी इन्स्योरेन्सका मार्केटिङ प्रमुख अन्जन ढकालले संयोजक नबराज न्यौपानेलाई आज सो बीमा पोलिसी हस्तान्तरण गरेका हुन् ।

पिपुल्स भोलेन्टियर्स जर्नालिष्ट फोरमले कूल ५० जना पत्रकारहरुको कोरोना बीमा गर्ने घोषणा गरेको र बाँकी पत्रकारहरुको दोस्रो चरणमा बीमा गरिने जनाएको छ ।

कोरोना बीमा नेपालमा सञ्चालित २० वटै निर्जिवन कम्पनीहरुले सामूहिक जोखिम वहन गर्ने गरी पूलमार्फत सञ्चालन गरिदै आएको कोरोना महामारीमा राहत तथा प्रोत्साहन बीमा योजना हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट