Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सीप नहुनेलाई तालिम, व्यवसाय शुरु गर्न सुरुआती पुँजी र बेरोजगारलाई रोजगारी दिने सरकारको घोषणा

२०७७, २ जेष्ठ शुक्रबार १४:१८

मनोज पराजुली । जेठ २, काठमाडौं । सरकारले आगामी वर्ष देशभित्रै रोजगारी सृजना गर्नेगरी नीति तथा कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम संघीय संसद् मा प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देशभित्रै रोजगारीलाई प्राथमिकतामा राखिएको जानकारी दिईन् ।

आन्तरिक रोजगारी पर्याप्त नभइरहेको अवस्थामा वैदेशिक रोजगारीमा गएका नेपालीहरु कोरोना भाइरसका कारण फर्कने जोखिम अवस्था देखिएकाले रोजगारी सृजनामा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ । बेरोजगारलाई कृषि, भौतिक पूर्वाधार निर्माण र सेवा क्षेत्रमा परिचालन गरिने जनाइको छ ।

स्वस्थ नागरिक, गुण र प्रविधिमा आधारित शिक्षा, उत्पादन मैत्री वित्तीय प्रणाली र उद्यमशील वाताबरण रोजगारीका आधारस्तम्भका रुपमा लिइएको छ । यी आधारस्तम्भ हरुलाई प्रयोग गरेर सरकारले व्यापक रोजगारी सिर्जना गर्ने नीति छ । 

कृषि, भौतिक पूर्वाधार, स्थानीय पूर्वाधार, साना र मझौला उद्योग, उत्पादनमुलक उद्ध्योग निर्माण र सेवा क्षेत्रमा समावेश गरेर रोजगारी दिने नीति तथा कार्यक्रममा उल्लेख छ । सीपयुक्त जनशक्ति र  श्रमिकको अभावलाई पुरा गर्न प्राविधिक शिक्षा तालिम परिषद् र श्रम तथा सीप विकास सम्बन्धी सबै निकायका कार्यक्रमहरुलाई एकीकृत रुपमा परिचालन गरिने जनाएइको छ ।

उद्यमशील बन्न पुंजी दिइने 

नव प्रवर्तनकारी युवा तथा अन्य उद्धमी र वैदेशिक रोजगारीबाट फर्किएका अनुभवी र सीपयुक्त उद्धमशील युवाहरुलाई उद्ध्यम व्यवसाय शुरु गर्नका लागि सरकारले सुरुआती पुँजी उपलब्ध गराउने भएको छ । उद्यम व्यवसाय गर्न क्षमता विकास, प्रविधि हस्तान्तरण, वित्तीय पहुँच र बजारीकरणको व्यवस्था गर्ने सरकारले नीति लिएको छ । साथै हाल संचालित सबै कार्यक्रमहरुलाई पुन: संरचना गरि सबै प्रदेश लगिने लक्ष्य छ । 

सरकारले शैक्षिक बेरोजगार युवाहरुलाई स्वरोजगार प्रोजेक्ट बेस फाइनान्सिङ गर्ने भएको छ । शिक्षित बेरोजगारहरुलाई स्वरोजगार बनाइ बेरोजगारी अन्त्य गर्न प्रोजेक्ट फाइनान्सिङको व्यवस्था मिलाइने छ । जसले जे विषय अध्ययन गरेको हो, त्यससँग सम्बन्धित पेशा व्यवसाय वा उद्यम गर्न परियोजना धितोमै रकम उपलब्ध गराइने छ ।

रोजगार सेवा केन्द्र थप प्रभावकारी बनाइने 

सरकारले आगामी वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सीपयुक्त जनशक्ति, रोजगारीको क्षेत्र र रोजगार सम्बन्धि अन्य कार्यक्रमसंग आवद्ध गरि यथार्थ उत्पादनमुलक रोजगारी सिर्जना गर्ने बेरोजगार लक्षित अभियानको रुपमा अघि बढाउने भएको छ । 

स्थानीय तहमा रहेका सेवा केन्द्र र सुचना प्रणालीलाई थप व्यवस्थित गर्दै सिप र क्षमताको उपयोग गर्न सहज हुने गरि श्रम सुचना बैंक स्थापाना गरिने छ । सेवा केन्द्रले रोजगारीको खोजीमा रहेका अवसर प्राप्तिमा सहयोग गर्ने अपेक्षा गरिएको छ । 

अघिल्लो वर्षदेखि सुरु भएको यो कार्यक्रमले पालिकास्तरमा बेरोजगारको सूचीमा सूचीकृतलाई रोजगारी दिने गरेको छ । अब यस कार्यक्रमार्फत सीपयुक्त र दक्ष जनशक्तिलाई पनि समावेश गर्ने सरकारको योजना छ । अहिले सबै पालिकामा रोजगार सेवा केन्द्र स्थापना भएको र रोजगार व्यवस्थापन सूचना प्रणाली पनि लागू भएको छ । यो प्रणालीलाई थप विकास गर्ने र श्रमिकको सीपको उपयोग गर्न श्रम बजारमा सजिलो हुने गरी श्रमिकको व्यक्तिगत विवरण सहितको श्रम सूचना बैंक स्थापना गरिने भएको छ । 

सामाजिक सुरक्षा योजनाको दायारा बढाइने 

सामाजिक सुरक्षा र सम्रक्षण कार्यक्रमलाई एकीकृत गर्ने थप प्रभावकारी गरिने नीति लिएको छ । सरकारले अनौपचारिक क्षेत्रमा आवद्द श्रमिक र वैदेशिक रोजगारीमा रहेकालाई पनि सामाजिक सुरक्षा योजनामा आवद्ध गर्ने नीति लिएको छ । आफ्नो हेरचाह आँफै गर्न नसक्नेको पहिचान गरि सामाजिक सरक्षनको व्यवस्था गर्ने तथ्गा गरिबी मापन गरि रोजगारीको व्यवस्था र आयआर्जनको व्यवस्था गर्ने नीति सरकारले लिएको छ । 

घुम्ती तालिम संचालन गर्ने 

सरकारले आउँदो वर्ष धेरै युवाहरुलाई रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गर्ने भएको छ । सिप युक्त जनशक्ति व्यवस्था गर्न सबै कार्यक्रम एकीकृत रुपमा परिचालन गरिने सरकारको योजना रहेको छ । रोजगारदाता र श्रमिक विच असल श्रम सम्बन्ध कायम राख्दै सबै प्रकृतिका श्रम शोषण अन्त्य गरिने छ । दक्ष श्रमिक कामको सम्मान स्वरोजगार उपयुक्त पारिश्रमिक र सामाजिक संरक्षण सरकारको प्रमुख श्रम नीति हुने उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै