Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

४४ संस्थानमध्ये २६ वटा मात्रै नाफामा, १३ वटा घाटामा, ५ को कारोबार शुन्य

२०७७, १३ जेष्ठ मंगलवार १२:३९

जेठ १३, काठमाडौं । सरकारको लगानीमा संचालित ४४ वटा संस्थानमध्ये गत आर्थिक वर्षमा २६ वटा संस्थानबाट मात्रै नाफामा रहेको देखिएको छ । आर्थिक सर्वेक्षण २०७६/७७ अनुसार गत आर्थिक वर्षमा २६ वटा संस्थानबाट मात्रै नाफामा गएको देखिएको छ ।

सर्वेक्षणका अनुसार १३ वटा संस्थानले घाटा व्यहोरेका छन् भने ५ संस्थानको कारोबार शून्य रहेको छ । हाल सरकारको लगानीमा ४४ वटा सार्वजनिक संस्थानहरु छन् । जनकपुर चुरोट कारखाना, विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रशारण ग्रिड कम्पनी व्यावसायिक रुपमा सञ्चालन भएका छैनन् । नोक्सानीमा रहेका संस्थानमध्ये नेपाल ओरियण्ड म्याग्नासाइट प्रालि, बुटवल धागो कारखाना लिमिटेड सञ्चालनमा छैन भने नेपाल रेल्वे कम्पनी लिमिटेड निर्माणाधीन अवस्थामा रहेको छ। 

नाफामा सञ्चालित २६ संस्थानको खुद नाफा १७ प्रतिशत र नोक्सानीमा सञ्चालित १३ संस्थानको खुद नोक्सानी ३०६ दशमलव ५८ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७५/७६ मा सेयर धनी कोष र नेट वर्थ गत आर्थिक वर्षको तुलनामा २१ दशमलव ०१ प्रतिशतले वृद्धि भई ६ खर्ब १० अर्ब ५९ करोड ४२ लाख रुपैयाँ बराबर पुगेको छ।

सरकारले आर्थिक वर्ष २०७५/७६ मा सार्वजनिक संस्थानबाट ४८ अर्ब ७७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा १२.३६ प्रतिशतले बढी हो । आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सरकाले लिने लाभांश अघिल्लो आवको तुलनामा ४.२८ प्रतिशतले कमी आइ जम्मा ९ खर्ब ४७ करोड ९ लाख रुपैयाँ प्राप्त भएको छ ।

संस्थानहरुको सञ्चिती नाफा ३.८३ प्रतिशत र सञ्चिती नोक्सानी २७.३३ प्रतिशतले कमी आए पनि समग्र सञ्चिती नाफा २८.९३ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै