२०८३, ३० बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दिपायल विमानस्थलमा सेनाको परीक्षण उडान

२०७७, २८ जेष्ठ बुधबार ०४:०६

जेठ २८, डोटी | कालोपत्रलगायत स्तरोन्नतिको कार्यसम्पन्न भएसँगै डोटीको दिपायल विमानस्थलमा नेपाली सेनाको जहाजले पहिलोपटक परीक्षण उडान गरेको छ । नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीसहित नेपाली सेनाका महासेनानी तथा पाइलेट सुवर्ण विष्टको टोलीले मङ्गलबार पहिलोपटक उक्त विमानस्थलमा आफ्नो स्काइ ट्रकबाट परीक्षण उडान गरेको राजपुर ब्यारेकले जनाएको छ । 

सेनाको जहाजले एयरपोर्टको पूर्वी तथा पश्चिमी मोहडाबाट दुईपटक परीक्षण उडान गरेको रुद्रध्वज गणा गणपति तथा प्रमुख सेनानी रत्नकेशर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो जहाजले हावाको मापन गर्न एयरपोर्टको दुईतिरकै ठाउँबाट परीक्षण उडान गरेको छ, दुवै मोहडाबाट जहाज सहज तरिकाले अवतरण गर्न सफल भएको छ ।”

दिपायल विमानस्थल नेपालका अन्य विमानस्थलभन्दा राम्रो वातावरणको भएको र यहाँ जुनसुक्कै समयमा पनि जहाज उडान तथा अवतरण गर्न सहज हुने आज परीक्षण उडान भर्ने नेपाली सेनाका चालक दलका सदस्यले बताएका छन् । स्तरोन्नति कार्यसम्पन्न भएको पहिलोपटकमा नेपाली सेनाको जहाजले दिपायल विमानस्थलमा परीक्षण उडान गरेपछि दिपायलमा जहाज चल्ने आशामा यहाँका स्थानीयवासी निकै खुशी भएको दिपायल सिलगढी नगरपालिका–४ का स्थानीयवासी महेन्द्रबहादुर शाहले बताउनुभयो । उहाँले भन्नुभयो, “एयरपोर्टको सम्र्पूण स्तरोन्नति सकिएर सेनाले परीक्षण उडानसमेत गरिसकेको छ, अब जहाज चल्छ कि भन्नेमा आशावादी भएका छौँ ।” लामो समयदेखि यात्रु अभावका कारण देखाउँदै बन्द अवस्थामा रहेको विमानस्थल डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा सङ्घीय सांसद प्रेमबहादुर आलेमगरको पहलमा स्तरोन्नति तथा कालोपत्रको काम गरिएको हो ।

करिब रु साढे ५ करोड लागनीमा दिपायल विमानस्थल कालोपत्र तथा स्तरोन्नति सम्पन्न भएको सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “विमानस्थलको सम्पूर्ण निर्माणकार्य सकिएको छ, अब नियमित उडान गराउनका लागि सबै राजनीतिक दल तथा नेताले एकजुट हुन जरुरी छ ।” विमानस्थलको सम्पूर्ण काम सम्पन्न भइसकेको अवस्थामा नियमितरूपमा जहाज सञ्चालन गर्न स्थानीयवासीको माग छ । 

गत वर्षको असार महिनामा सक्ने लक्ष्यसहित विसं २०७४ मा कालोपत्रसहितको निर्माण शुरु गरिएको दिपायल विमानस्थल कालोपत्रलगायत काम अहिले आएर सकिएसँगै परीक्षण उडानसमेत सम्पन्न भएको छ । दिपायल विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न सके यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड, बडीमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडीकेदार, वैद्यनाथधामलगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा पर्यटक भित्र्याउन निकै सहज हुने डोटीका पर्यटन व्यवसायी तथा उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेका ठाउँ हुन्, विमानस्थलमा नियमित जहाज चलाउन सके, पर्यटकमात्रै भित्र्याउन सके यहाँको पर्यटन क्षेत्रमा निकै राम्रो र आम्दानी हुनेछ ।”

त्यस्तै सेनाको टोलीले सुदूरपश्चिम प्रदेशका अन्य जिल्लामा बैतडीको पाटन, दार्चुलाको गोकुलेश्वर र बझाङको चैनपुर विमानस्थलमा समेत मङ्गलबार हवाई निरीक्षण गरेको छ । सुर्खेतबाट आएको नेपाली सेनाको जहाजले ती सबै विमानस्थलको हवाई निरीक्षण गरेको हो । पछिल्लो समय यहाँका पाटन, चैनपुर र दिपायल विमानस्थल कालोपत्र भएर परीक्षण उडानका लागि तयारी अवस्थामा रहेका छन् । उता दार्चुलाको गोकुलेश्वर विमानस्थल भने कालोपत्र नभएका कारण बन्द अवस्थामा छ । सुदूरपश्चिम प्रदेशमा हाल गेटा विमानस्थलमात्रै सञ्चालनमा छ । नेपाली सेनाको जहाजले सुदूरपश्चिमको दिपायलबाहेकका अन्य बन्द रहेका विमानस्थलमा हवाई परीक्षण गरेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल स्कटल्यान्डसँग २ रनले पराजित प्रतिनिधिसभाका सचिव हर्कराज राई पदमुक्त प्रतिनिधिसभा बैठक स्थगित हारेकाले फेरि जित्छन्, त्यसका लागि संकल्प आवश्यक छ: शंकर पोखरेल नेप्से परिसूचक ३९.४४ अंकले घट्यो नेपालले पायो २४४ रनको लक्ष्य अर्घाखाँचीमा बस दुर्घटना हुँदा २४ जना घाइते संसद भवन हजारौं सहीदको रगतको जगमा बनेको छ: प्रचण्ड धेरै सांसद नीतिगत भन्दा बजेटको विषयलाई लिएर भेट्न आउनु हुन्छ: अर्थमन्त्री वाग्ले प्रतिनिधिसभा बैठक बस्दै संसद्लाई सम्बोधन गर्दै प्रचण्ड १ केजी ५७७ ग्राम चाँदी जस्तो देखिने सेतो धातु सहित एकजना युवक पक्राउ सुनचाँदीको मूल्य बढ्यो चुनावमा कांग्रेसका लागि हारजित ठूलो कुरा होइन: विश्वप्रकाश शर्मा प्राविधिक समस्या नआए आजै एसईईको नतिजा आउने सुकुमवासी बस्ती हटाउने क्रममा ज्यान गुमाएका नागरिकको जिम्मा सरकारले लिनुपर्छ: खुश्बू ओली राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत प्रतिनिधिसभाको बैठकमा आठ अध्यादेश पेश प्रतिनिधिसभा बैठक फेरि ५ बजे बस्नेगरी स्थगित प्रधानमन्त्रीका तर्फबाट कानुनमन्त्रीद्वारा तीन अध्यादेश पेस