Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

साधना लघुवित्तको शेयर आइतबारदेखि बिक्री खुला

२०७७, २१ असार आईतवार ०७:१४

असार २१, काठमाडौँ । साधना लघुवित्त वित्तीय संस्थाको ६ लाख ६१ हजार ५२० कित्ता साधारण शेयर आइतबारदेखि बिक्री खुला भएको छ । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गको वित्तीय संस्थाका रुपमा अनुमति दिएको सो संस्थाले प्रतिकित्ता रु १०० का दरले कुल रु छ करोड ६१ लाख ५२ हजार बराबरको साधारण शेयर बिक्री गर्न लागेको हो । 

वित्तीय संस्थाको जारी पूँजी रु २१ करोड ७७ लाख ८० हजारको ३२.५० प्रतिशतले हुन आउने रु सात करोड सात लाख ८० हजार बराबरको रु १०० अङ्कित दरका सात लाख सात हजार ८०० कित्तामध्ये जारी पूँजीको ०.५० प्रतिशत अर्थात् १० हजार ८९० कित्ता शेयर कर्मचारीलाई तथा सर्वसाधारणलाई छुट्टयाएको छ । सो मध्ये पाँच प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लागनी कोषका लागि सुरक्षित गरिएको छ । 

उक्त वित्तीय संस्थाको साधारण शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमएइ क्यापिटल लिमिटेड रहेको छ । बिक्री प्रबन्धकका अनुसार आइतबारदेखि बिक्री हुने साधारण शेयर छिटोमा यही असार २४ गतेसम्म र ढिलोमा आगामी साउन ४ गतेसम्म बिक्री गरिने छ । इक्रा नेपालले गरेको रेटिङमा सो वित्तीय संस्थाको शेयर औसतभन्दा तल आधार रहेको उल्लेख  गरिएको छ । नेपाल धितोपत्र बोर्डले यही असार ७ गते साधारण शेयर निष्कासनका लागि संस्थालाई स्वीकृति दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै