2026-10-15 06:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बूढीगण्डकीद्वारा ३१ अर्ब ९३ करोड मुआब्जा वितरण

असार २६, गोरखा | बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने जग्गाधनीलाई रु ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाको जग्गा अघिग्रहण गर्न शुरु गरेयता अहिलेसम्म रु ३१ अर्ब ९३ करोड मुआब्जा वितरण गरिसकेको आयोजनाका पुनःबास तथा पुनःस्थापना एकाइ कार्यालय सिउरेनीटारका प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभएको हो । 

“यो आर्थिक वर्षमा डुबान क्षेत्रमा पर्ने धादिङ र गोरखाका प्रभावित क्षेत्रका बासिन्दालाई रु पाँच अर्बभन्दा बढी मुआब्जा वितरण गरी सकिएको छ”, उहाँले भन्नुभयो, “चालू आवमा गोरखातर्फ रु दुई अर्ब ६६ करोड तथा धादिङतर्फ रु दुई अर्ब ७७ करोडभन्दा बढी मुआब्जा वितरण गरिएको हो ।” 

आयोजना प्रमुख कार्कीका अनुसार डुबान क्षेत्रमा पर्ने कूल जग्गामध्ये दुवै जिल्लाका करिब ४७ हजार ३२५ रोपनी क्षेत्रफलको मुआब्जा वितरण काम सम्पन्न भइसकेको छ । “सर्भेअनुसार आयोजनाले गोरखातर्फ कूल ३० हजार ७८ रोपनी र धादिङतर्फ २८ हजार ७५ रोपनी जग्गाको मुआब्जा वितरण गर्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “मुआब्जा वितरणको काम शुरु भएदेखि गोरखातर्फका २३ हजार ५७५ रोपनी र धादिङतर्फका २३ हजार ७५० रोपनी क्षेत्रफलको मुआब्जा वितरण गरिएको छ ।”

डुबान क्षेत्रमा पर्ने करिब ५८ हजार रोपनी क्षेत्रफल जग्गा आयोजनाले अधिग्रहण गर्नुपर्ने उहाँको भनाइ छ । तीमध्ये ४७ हजार ३२५ रोपनी क्षेत्रफलको मुआब्जा वितरण गर्ने काम सम्पन्न भइसकेको र बाँकीमध्ये अधिकाँश जग्गा सरकारी, सार्वजनिक, विद्यालय तथा संस्थानको पर्ने भएकाले मुआब्जा वितरणको काम त्यति धेरै नरहेको उहाँले बताउनुभयो । सरकारी, सार्वजनिक, विद्यालय तथा संस्थान जग्गाको मुआब्जा वितरण गर्नु नपर्ने उहाँको भनाइ छ । ढिलो गरी मुअब्जा निर्धारण भएका आरुघाट, त्रिपुरासुन्दरी, खहरे र आर्खेत बजार क्षेत्रको मुआब्जा वितरणको काम अहिले धमाधम भइरहेको पनि उहाँले जानकारी दिनुभयो । 

आयोजनाले आव २०७३/७४ देखि डुबान क्षेत्रमा पर्ने जमिन अधिग्रहण गरि मुआब्जा निर्धारणको काम शुरु गरेको हो । आयोजनाबाट दुई जिल्लाका गरी २० हजार १४६ जना पूर्ण विस्थापित हुनेछन् भने २५ हजार प्रभावित हुनेछन् । आयोजनाको डुबान क्षेत्रमा पर्ने घर गोठ फलफूल र बोटबिरुवाको मुआब्जा भने अर्को आवदेखि मात्र वितरण गर्न शुरु गरिने उहाँले जानकारी दिनुभयो । त्यसका लागि लगत सङ्कलनको काम भइरहेको प्रमुख कार्कीको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित प्रधानमन्त्री राहत तथा उद्धार कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी रकम जम्मा हेटौँडामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु सुनचाँदीको मूल्य घट्ने क्रम जारी, बुधबार सुन तोलामा २७ सय रुपैयाँ घट्यो राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी तारकेश्वरमा दुई राउन्ड हवाई फायर गरेर खैरो हेरोइनसहित एक जना पक्राउ बुधबारपछि पुरानै व्यवस्थामा ग्यास बिक्री, नजिकको डिलरबाटै किन्नुपर्ने