२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

एक वर्ष नपुग्दै भत्कन थालेको छ बौद्ध क्षेत्रको सडक

२०७७, ३१ असार बुधबार ११:५६

पूर्णप्रसाद मिश्र । असार ३१, काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रको मूल सडक कालोपत्र भएको एक वर्ष नपुग्दै भत्कन थालेको छ । काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले ठेक्का गरेको लामो समयसम्म अलपत्र बनेको चावहिल–बौद्ध–जोरपाटी सडक गत हिउँदमा कालोपत्र भएको थियो । कालोपत्र भएपछिको पहिलो वर्षाद्मै सडकका ठाउँ ठाउँमा भत्केर खाल्डाखुल्डी बनेको स्थानीयवासी तेञ्जिङ शेर्पाले गुनासो गर्नुभयो । खाल्डा खुल्डी बढ्दै गएर दुर्घटना हुने अवस्था आएको उहाँले बताउनुभयो । सडक निर्माणका बेला गुणस्तरीय काम नहुँदा यस्तो अवस्था आएको हो । 

चरणबद्ध रुपमा कालोपत्र गरेर पनि चावहिल–बौद्ध–जोरपाटी सडकको पुरै भाग कालोपत्र भइसकेको छैन । जोरपाटी क्षेत्रमा वैशाख पहिलो साता बन्दाबन्दीका बेला शुरु भएको कालोपत्रको काम एकाएक रोकिएको छ । विश्व सम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रको सडक पर्यटक आउने बेला सधैँ जीर्ण देखिने गरेकाले नराम्रो सन्देश जाने गरेपनि सरोकार भएका निकायको ध्यान जान सकेको छैन । गत वर्ष वर्षाद्का बेला धान रोप्ने गराजस्तो देखिएको यहाँको सडक हिउँदमा कालोपत्र गरिए पनि यस वर्ष फेरि खाल्डाखुल्डी हुन थालेको छ । 

यस वर्ष बन्दाबन्दीका कारण पर्यटक आउने सम्भावना छैन । अर्को वर्ष पर्यटक आउँदा फेरि उस्तै देखिने चिन्ता बढेको पर्यटन व्यवसायी निमा लामाले बताउनुभयो । काठमाडौँ महानगरपालिका वडा नं. ६ को कार्यालय बौद्ध पीपलबोट अघिको सडकमा समेत खाल्डा खुल्डी भइसकेको छ । 

टुसाल चोकको मूल सडक पनि जीर्ण छ । टुसाल चोकमा भने अझै सम्म पनि कालो पत्र भएको छैन । टुसाल चोकबाट महाँकाल तिर निस्कने अमिताभ बुद्ध मार्गको अवस्था त झनै दयनीय बन्न पुगेको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले बताउनुभयो । बौद्ध क्षेत्र आउने धेरै पर्यटकले पैदल यात्रा समेत गर्ने यो सडकमा जताततै खाल्डा खुल्डी छ । वर्षाद्मा ती सडकमा आकाशबाट परेको पानी जम्दा पोखरीजस्तै हुन्छ ।

हायात रिजेन्सी होटलबाट आउने वर्षाद्को पानी समेत यहीँ निस्कने गरेकाले यो सडक जीर्ण भएको स्थानीय व्यवसायी बताउँछन् । यो सडक निर्माणका लागि काठमाडौँ महानगरपालिकाले ठेक्का गरेको सुनिए पनि काम भने नभएको समितिले जनाएको छ । महानगरपालिका वडा नं. ६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले मूल सडकका निर्माण व्यवसायी युनाइटेड बिल्डर्सलाई एक महिना अघि नै खाल्डा खुल्डी भएको स्थानमा ग्राभेल हाल्न माग गरे पनि नटेरेको बताउनुभयो । निर्माण व्यवसायीलाई सडकका विषयमा जानकारी गराउन पटकपटक स्थानीय सरकारका तर्फबाट सम्पर्क गर्दा समेत फोन नउठाउने गरेको गुनासो समेत उहाँले गर्नुभयो । 

हायात होटलको अघिको सडकमा विगतदेखि नै भित्रबाट आउने पानीका कारण सडक बिग्रने गरेको वडा कार्यालयले जनाएको छ । यो समस्या समाधानका लागि स्थानीय स्तरबाट प्रयास गरे पनि होटलले टेरेको छैन । वार्षिक रुपमा नेपाल आउने लाखौँ पर्यटक बौद्ध क्षेत्रमा घुम्न जाने गरेका छन् । सडकमा होटल एवं अन्यत्रका बाटाबाट लगाइने पानीका कारण खाल्डा खुल्डी भई पानी जम्ने गरेको छ । आरुबारी, तीनचुल र महाँकाल क्षेत्रको वर्षाद्को भेल बौद्धको मूल सडकमा झर्छ । 

काठमाडौँ उपत्यका सडक बिस्तार आयोजनाले पाँच वर्ष अघि गरेको ठेक्का अनुसार यहाँको सडक बिस्तार भएको हो । निर्धारित समयमा ‘साइट क्लियर’, पोल, खानेपानीको पाइप, टेलिफोनको तार सार्ने लगायत समस्याका कारण काम सम्पन्न हुन सकेको थिएन । तेस्रो पटक थपेको यो सडकको म्याद पनि गत चैतमै सकिएको छ । बन्दाबन्दीमा म्याद सकिएका आयोजनालाई छ महिना थप्ने निर्देशानुसार असोजसम्म बढाउन लागिएको आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले बताउनुभयो । “करिब पाँच किमी यो सडकमा आसफाल्ट गर्न बाँकी छ, हायात अघि र विभिन्न स्थानमा बाटोबाट पानी आउने ठाउँमा खाल्डा खुल्डी भएको छ, हायातको पर्खालबाट सडकमा पानी खस्ने प्वाल बनाइएको रहेछ, सडक सुधारका लागि यो समस्या समाधान गर्न पहल गरेका छौँ”, उहाँले भन्नुभयो ।

सडकमा निर्माण व्यवसायीले काम गर्दा कतै पनि आयोजनाले सूचनापाटी समेत नराखेकाले सडक निर्माण सम्बन्धी वास्तविक जानकारी पाउनबाट बञ्चित हुनुपरेको स्थानीयवासीको गुनासो छ । आयोजनाका अनुसार रु ३५ करोड ५३ लाखमा ठेक्का सम्झौता भएको सडकमा ८० प्रतिशत भौतिक र ७६ प्रतिशत वित्तीय प्रगति भएको छ । कात्तिकसम्ममा सडकको काम सक्ने लक्ष्य रहेको आयोजनाले जनाएको छ । 

यस सम्बन्धमा प्रतिक्रियाका लागि युनाइटेड बिल्डर्सका प्रबन्ध निर्देशक सुकुन्तलाल हिराचन र हायात रिजेन्सी होटललाई पटक पटक सम्पर्क गरे पनि फोन उठेन । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह