२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

छाङ्गरु गागामा झोलुङ्गे पुल निर्माणका लागि सामान ढुवानी गरिँदै

२०७७, ४ श्रावण आईतवार ०२:०९

साउन ४, दार्चुला | व्यास गाउँपालिका–१ छाङ्गरु गागामा निर्माण गरिन लागेको झोलुङगे पुलका लागि हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको छ । छाङ्गरु र तिङ्करका लागि खाद्यान्न ढुवानी गर्न आएको माउण्टेन एयरको हेलिकप्टरमार्फत पुल निर्माणको सामान ढुवानी शुरु गरिएको हो ।

तिङ्कर खोला र नाम्पा खोला जोडिने तिपुलच्याक्ती भन्ने ठाउँमा झोलुङगे पुल निर्माण गरिन लागेको हो । झोलुङगे पुल निर्माण शुरु गर्न हेलिकप्टरमार्फत सामान ढुवानी शुरु गरिएको निर्माण समितिका अध्यक्ष शङ्कर ऐतवालले जानकारी दिनुभयो ।

सामान ढुवानीका लागि बाटो नहुँदा अहिले हेलिकप्टरमार्फत सामान ढुवानी गरिन लागेको हो । हेल्पटास नेपाल र डोलिडारको आर्थिक तथा समाज कल्याण समाज दार्चुलाको प्राविधिक सहयोगमा झोलुङगे पुल निर्माण हुन लागेको हो ।

स्वीस सरकारको रु ७५ लाख १४ हजार ३५७ र व्यास गाउँपालिकाको रु चार लाख ७९ हजार ६३९ गरी कुल रु ७९ लाख ९३ हजार ९९६ लागतमा पुल निर्माण हुन लागेको हो । 

“सदरमुकाम खलङ्गाबाट २८ कोस उत्तरमा पर्ने छाङ्गरुमा पुल निर्माण गर्न निकै चुनौती छ”, समाज कल्याण समाजका अध्यक्ष रघुवीरसिंह ठगुन्नाले भन्नुभयो, “तैपनि यो क्षेत्रमा झोलुङगे पुल निर्माण गर्दैछौँ ।” पुल ६७ मिटर लम्बाइको हुनेछ ।

यो क्षेत्रमा झोलुङगे पुल निर्माणका लागि चाहिने सामग्री प्रतिकिलो रु २०० का दरले ढुवानी गरिँदैछ । झोलुङगे पुलका लागि चाहिने लठ्ठालगायतका सामान ढुवानी शुरु गरिएको निर्माण समितिका अध्यक्ष ऐतवालले बताउनुभयो । 

विगतमा भारतीय मार्ग हुँदै व्याससम्म निर्माण सामग्री ढुवानी हुँदै आएकामा यो पटक बन्दाबन्दीका कारण हेलिकप्टरको प्रयोग गरेर सामान ढुवानी गर्नुपरेको हो । भारतबाट सामान ढुवानी गर्दा केही सस्तो पर्न जाने भए पनि यो पटक बन्दाबन्दीले सम्भव हुन सकेन ।

आगामी कात्तिक महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको समाज कल्याण समाजका अध्यक्ष ठगुन्ना बताउनुहुन्छ । विगतमा यो क्षेत्रमा काठेपुलमार्फत आवतजावत हुँदै आएको छ । काठेपुल विस्थापन गरी झोलुङगे पुल निर्माण गर्न लागिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधि सभा बैठक बस्दै खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ