2026-07-25 09:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानमन्त्री रोजगार कार्यक्रम : ६० हजारभन्दा बढीले पाए रोजगारी

साउन १८, काठमाडौँ । देशभित्रै बेरोजगार युवालाई रोजगारी दिने लक्ष्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट हालसम्म ६० हजारभन्दा बढीले रोजगारी प्राप्त गरेका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार उक्त कार्यक्रमबाट  ६० हजार ६० जनाले रोजगारी प्राप्त गरेका छन् । सो कार्यक्रमलाई सरकारले थप व्यवस्थित गर्दै आगामी दिनमा थप नयाँ योजना र कार्यक्रमका साथ अगाडि बढाउने लक्ष्य र योजना बनाएको छ । 

विभिन्न दातृ निकायले समेत कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । बेरोजगार युवालाई रोजगारी दिने नितान्त मौलिक कार्यक्रमका रुपमा सरकारले यो कार्यक्रमलाई अगाडि बढाएको छ । यस्तै श्रमिकलाई दीर्घकालीन हित गर्ने लक्ष्यका साथ अगाडि सारिएको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा एक लाख ६८ हजार ८७०  योगदानकर्ता आबद्ध भएका छन् ।

मन्त्री  रामेश्वर राय यादवको अध्यक्षतामा यस मन्त्रालय र अन्तर्गतका निकायले आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालित वार्षिक कार्यक्रम तथा आयोजनाहरुको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा उक्त विवरण पेश भएको हो । 

सो कार्यक्रममा  मन्त्रालय र मातहतका विभागीय प्रमुखलगायत अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगको प्रतिनिधिको समेत सहभागिता रहेको सहसचिव एवम् प्रवक्ता सुमन घिमिरेले जानकारी दिनुभयो । सो अवसरमा मन्त्रालयका वार्षिक आयोजना र कार्यक्रमको समग्र भौतिक र वित्तीय प्रगति तथा भएका मुख्य क्रियाकलापको प्रस्तुति गरिएको थियो । 

आव  ०७६/७७ मा  मन्त्रालयअन्तर्गत पहिलो प्राथमिकता प्राप्त आयोजनामा आठ र दोस्रो प्राथमिकता प्राप्त आयोजना तीन गरी कूल ११ परियोजना सञ्चालन गरिएको थियो । ती कार्यक्रममा कूल बजेट रु छ अर्ब ४० करोड ५२ लाख विनियोजन गरिएको थियो । 

मन्त्रालय अन्तर्गतको १४४ वटा माइलस्टोनमध्ये ८८ सम्पन्न तथा ४५ आंशिक सम्पन्न रही कूल सङ्ख्याको ७५ प्रतिशत कार्य प्रगति हासिल भएको छ । मन्त्रालयको बेरुजु फछ्र्याैट ५५.५० र गुनासो व्यवस्थापनमा ७२ प्रतिशत प्रगति भएको मन्त्रालयको विवरणमा उल्लेख छ । 

सो अवसरमा राष्ट्रिय योजना आयोगका सहसचिव किशोर जोशीले टिप्पणी गर्दै रोजगारी तथा सीप विकासमा केन्द्रित रही दीर्घकालीन लक्ष्य र पन्ध्रौँ योजनाका सूचक अनुसारका रणनीति हासिल गर्न थप क्रियाशीलता आवश्यक रहेको बताउनुभयो । 

अर्थ मन्त्रालयका उपसचिव दिलीपकुमार गौतमले बजेट विनियोजनअनुरुप कार्यान्वयनमा समेत नतिजामुखी हुन जरुरी रहेको बताउनुभयो । मन्त्रालयका सचिव तोयम रायाले प्रस्तुतिका लागि धन्यवाद ज्ञापन गर्दै विगतको अनुभवका आधारमा चालू आर्थिक वर्षमा थप प्रगति हासिलका लागि दृढतापूर्वक क्रियाशील हुन निर्देशन दिनुभयो ।

समीक्षा बैठकमा मन्त्री यादवले कोरोनाको विपद्का कारण सन्तोषजनक प्रगति हासिल भएको उल्लेख गर्दै विभिन्न निकायले दिएको सुझावका आधारमा भौतिक पूर्वाधार, जनशक्ति, विधि र प्रविधिमा सुधार गरी आगामी दिनमा कार्य सम्पादन गरिने बताउनुभयो । 

उहाँले रोजगारी व्यवस्थापन, श्रम सम्बन्ध विकास तथा सामाजिक सुरक्षाका दायरा बढाउने गरी समन्वयात्मक रुपमा कार्यतालिकासहित परिणाममुखी कार्यान्वयनमा सक्रिय रहन मातहका निकायलाई  निर्देशन दिनुभएको मन्त्रालयले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक