2026-07-24 07:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बागलुङमा धमाधम केन्द्रीय लाइन पुर्याउँदै प्राधिकरण

खेमराज गौतम । भदौ ५, गलकोट । सडकले सुगम बनाएको जिल्लाको दुर्गम मानिएको पश्चिम क्षेत्रमा विद्युतको केन्द्रीयय प्रसारण लाइन पनि विस्तार थालिएको छ । यसका लागि जिल्लाको गलकोट हरिचौरमा नेपाल विद्युत प्राधिकरणले सव–स्टेशन निर्माण गरेको छ । बागलुङमा धमाधम केन्द्रिय प्रशारण लाइनको पहुँच पुर्याउनका लागि सव–स्टेशन निर्माण भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले जनाएको छ । 

२०७२ सालमा शुरु भएको ३ एमभिए क्षमताको सव स्टेशन निर्माण कार्य हालै मात्रै सम्पन्न भएको  केन्द्रका प्रमुख इञ्जिनियर शिव नारायण गोशलीले जानकारी दिनुभयो । “बागलुङ हालसम्म जम्मा ५५ प्रतिशत मात्रै केन्द्रीय विद्युतको पहुँच पुगेको छ ।  ” उहाँले भन्नुभयो, “आगामी एक वर्षमा ९० प्रतिशत बढी विद्युतीकरण गर्ने योजनाका साथ काम गरिरहेका छौ, जसमा जिल्लाको पश्चिम क्षेत्र मुख्य केन्द्रित गरेका छौ, यसका लागि सव स्टेशन निर्माणले सहजता प्रदान गर्नेछ ।” 

गलकोट हरिचौरमा निर्माण गरिएको सव स्टेशन बागलुङ बजार पछिको दोस्रो हो । जिल्लाको सबै गाउँमा विद्युतिकरण गर्न थप दुई सव स्टेशन निर्माण गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया अगाडि बढाइएको उहाँको भनाई छ ।  प्राधिकरणले जग्गा खरिद गरेर राखेको लामो समय पछि मात्रै सव स्टेशन निर्माण गरिएको हो । चार करोड रुपैयाँको लागतमा निर्माण भएको सव स्टेशन निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न भएको हो । गलकोट नगरपालिका–५ हरिचौरमा रहेको उक्त सव स्टेशन निर्माण पछि गलकोट, ताराखोला, बडिगाड तथा बुर्तिबाङमा विद्युत विस्तार कार्य भइरहेको छ । गतअसार मसान्तमा सकिएको सव स्टेशन निर्माण यही भदौ १ गतेदेखि चार्ज गर्न थालिएको हो । 

रामरेखा सव स्टेशनबाटै विद्युत बाल्दै आएका गलकोटबासीलाई हरिचौरमा सव स्टेशन निर्माण पछि सहज भएको छ । “‘गलकोटमा केही समस्या आउँदा जिल्ला सदरमुकाम स्थित रामरेखा सव स्टेशनमा विद्युत बन्द गर्नुपर्ने समस्या थियो’प्रमुख गोशलीले भन्नुभयो “गलकोट र गलकोट देखि अगाडि केही समस्या भएमा अब हरिचौर सव स्टेशनमै बन्द हुन्छ ।” 

विद्युत प्राधिकरणले हाल गलकोटको अन्तिम विन्दु रिघा सम्म केन्द्रीय विद्युतको उज्यालो पुगेको छ भने  जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ सम्म विद्युतको प्रशारण लाइन तान्ने कार्य सम्पन्न भएको छ । यही भदौ महिना भित्रै  दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङमा केन्द्रीय विद्युतको पुहँच पुग्नेछ ।   वितरण केन्द्रले केन्द्रीय बिद्युतको पुहँच पुग्न थाले पछि बुर्तिबाङ बजारमा रिघा मनेवा सम्म बत्ती बलेको छ । विद्युतीकरण शुरु हुन लागेको पश्चिम बागलुङलाई लक्षित गरी यही भदौ १ गतेदेखि विद्युत महशुल तथा मिटर बितरण र डिडिङको काम गर्नका लागि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र अन्र्तगतको महशुल सङकलन केन्द्र सञ्चालनमा ल्याइएको छ ।  

अहिले जिल्लाको बरेङ, ताराखोला, बडिगाड र बुर्तिवाङमा धमाधम विद्युतिकरण भइरहेको छ भने आगामी असारसम्म केन्द्रीय विद्युतको पहुँच नपुगेका तमानखोला र निसीखोला गाउँपालिकामा समेत विद्युत पुर्याइने प्राधिकरणले बताएको छ ।  अहिले पश्चिम बागलुङको गलकोटमा मात्रै पुगेको केन्द्रीय प्रशारण लाइन सव–स्टेशन निर्माण पछि अन्य पालिकामा पनि विस्तार गर्न सहज भएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लघु जलविद्युतबाट विद्युत बाल्दै आएको बागलुङमा अबको एक÷दुई वर्ष भित्रै सबै घरमा केन्द्रीय पहुँच विस्तार गरिसक्ने प्राधिकरणको योजना छ । 

थप विद्युतिकरणका लागि कुश्मिशेरा र खरवाङमा नयाँ सव–स्टेशन आवश्यक भएकाले प्रकृया अगाडी बढाइएको छ । कुश्मिशेरामा प्राधिकरणले जग्गा खरिद गरेर नयाँ सव–स्टेशन निर्माणका लागि ठेक्का प्रकृयामा गइसकेको छ भने खर्वाङमा सव–स्टेशन निर्माणका लागि जग्गा खरिद गर्ने कार्य थालिएको छ ।  हाल रामरेखाको ११÷३३ केभी प्रशारण लाइनको सव–स्टेशनलाई क्षमता थप गरी ११ एमभिए क्षमताको बनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक