2026-07-24 07:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कलङ्कीदेखि -चाबहिल : चक्रपथ दोस्रो चरणको बिस्तारका लागि सडकका संरचना हटाइयो

भदौ १८, काठमाडौं । चक्रपथको दोस्रो चरण (कलङ्कीदेखि चाबहिलसम्म) बिस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक बिस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउनेबाहेक यहाँका अरु संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । 

चक्रपथका पहिलो खण्ड कोटेश्वदेखि कलङ्कीसम्म बिस्तार गरेको चीन सरकारले नै दोस्रो खण्ड बिस्तार गर्ने भएको छ । ११ दशमलव छ किलोमिटर सडकको बिस्तारका लागि निर्माणस्थल खाली गरिएको हो । चिनियाँले यसअघि नै सडक निर्माणको पूर्वअध्ययन गरिसकेको छ । 

सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युत्को पोललगायतका संरचना सार्ने काम सकिएको छ । त्यस्तै सो सडकमा रहेका दुई हजार १०० रुख काटिएको छ । सडकको मुख्य भागबाट दुवैतर्फ ३१/३१ मिटरभित्र पर्ने केही घर हटाउन बाँकी छ । महाराजगञ्ज क्षेत्रमा २० घर हटाउनुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको काठमाडौँ चक्रपथ योजनाका प्रमुख अमृतमणि रिमालले बताउनुभयो । कतिपय स्थानीयवासीले बिरोध गरेपनि मुआब्जा दिइने भएकाले समस्या नहुने उहाँको भनाइ छ । 

उहाँका अनुसार सो घर भत्काउन आयोजनाले नै मूल्याङ्कन गरेर मुआब्जा दिने प्रक्रिया अघि बढाएको छ । उहाँले भन्नुभयो, “अवस्था केही सामान्य भएपछि नै थप काम अघि बढ्नेछ ।” स्वयम्भूमा रहेको एउटा स्तूपा सडकको अधिकर क्षेत्रमा रहेकामा त्यसलाई पनि सारिने भएको छ । स्तूपाको निर्माण गर्दा नै सडकको अधिकार क्षेत्रमा भएकाले अहिले सार्नुपर्ने अवस्था आएको प्रमुख रिमालले बताउनुभयो । काठमाडौँ महानगरपालिकाले सो स्तूपा सार्ने जिम्मेवारी लिइसकेको छ । 

आयोजनाले सडकका दुवैतर्फ रहेका सबै रुख काटिसकेको छ । सडक निर्माण शुरु भएपछि नै नयाँ रुख रोपिनेछ । चक्रपथ पहिलो चरणको निर्माण सम्पन्न भएपछि मात्रै रुख रोपिएको थियो । उहाँले भन्नुभयो, “यो खण्डमा सडक बनाइरहँदा रुख पनि रोपिनेछ ।”

चक्रपथ पहिलो खण्डमा सडकमा रहेका संरचना हटाउनु पहिले नै निर्माण शुरु भएको थियो । सडक निर्माण शुरु भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन । एकातिर सरकारी निकायले नै तुरुन्त युटिलिटी नहटाउने त अर्कातर्फ सडकमा रहेका घर टहरा नहट्दा निर्माणमा ढिलाइ भएको थियो । विसं २०७१ मा शुरु भएको सडक निर्माण विसं २०७२ मा नेपालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा प्रभावित बनेको थियो । विभिन्न अवरोधका कारण सडक निर्धारित अवधिभन्दा केही ढिलो सम्पन्न भएको थियो ।

चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण शुरु गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण शुरु गर्नेछ । निर्माण शुरु भएको तीन वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण तत्काल आउन नसकिए पनि अवस्था सामान्य भएपछि नै चिनियाँ आएर अध्ययन शुरु गर्ने बताइएको छ । 

सो सडकमा दुइ ‘अण्डर पास’, प्रत्येक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइडर हुनेगरी सडक विभागले प्रस्ताव गरेको छ । सडक विस्तारका लागि सरकारले गत चैतमा सडक हस्तान्तरण गर्ने गरी तयारी गरेको थियो । पहिलो चरणको विस्तारमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ ।

आठ लेनको सडकमा कोटेश्वर–कलङ्की सडकमा जस्तै मुख्य चार लेन र सहायक चार लेन गरेर जम्मा आठ लेन नै रहने सडक विभागले जनाएको छ । पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने भएको छ । बालाजु चोकमा ‘ओभर पास’ र महाराजगञ्ज चोकमा ‘अण्डर पास’ निर्माण गरिने छ । आठ लेनको सडकमा चार लेन अण्डरपासमा र चार लेन माथिल्लो सडकमा हुनेछ । पहिलो चरणमा सडक पार गर्न गाह्रो भएको भन्दै आयोजनाले अहिले छ स्थानमा आकाशे पुलको निर्माण गरिरहेको छ । यो चरणमा भने एक एक किमी फरकमा आकाशे पुल बन्ने छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक