२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

आकाशे पानी सङ्कलनका लागि घैँटो निर्माण

२०७७, १८ आश्विन आईतवार ०३:१९

असोज १८, प्युठान | प्युठानको ऐरावती गाउँपालिकामा आकाशेपानी सङ्कलनका लागि घैँटो बनाइएको छ । पानीको समस्या रहेको यस क्षेत्रमा स्थानीयलाई पानीको सहज पहुँचका लागि घैँटो निर्माण गरिएको हो । पानीको विकराल समस्या रहेको बिजुली क्षेत्रमा पानीको समस्या समाधान गर्ने उद्देश्यले वडा कार्यालयबाट बजेट विनियोजन गरी घैँटा निर्माण गरिएको वडा नं ६ का अध्यक्ष चन्द्रबहादुर रानामगरले बताउनुभयो ।

वडासचिव उमाराम आचार्यका अनुसार आर्थिक वर्ष २०७४/७५ बाट घैँटो निर्माणको काम शुरु गरिएको हो । पहिलो वर्ष रु १७ लाखको लागतमा २७ वटा घैँटो बनाइएको थियो । त्यस्तै आव २०७५/७६ मा रु पाँच लाखको लागतमा आठवटा घैँटो निर्माण गरिएको छ । त्यस्तै आव २०७६/७७ मा रु २५ लाखको लागतमा ३८ वटा घैँटो निर्माण गरिएको छ । ४२ वटा घैँटो निर्माण गर्ने गरी बजेट विनियोजन गरे पनि बन्दाबन्दीले चारवटा घैँटो निर्माण हुन नसकेको वडासचिव आचार्यले बताउनुभयो । स्थानीय उपभोक्ता समितिमार्फत साढे छ घनमिटरको घैँटो निर्माण गरिएको हो ।

पच्चीस प्रतिशत स्थानीयको जनश्रमदानमा घैँटो निर्माण गरिएको आकाशेपानी सङकलन घैँटो निर्माण समितिका अध्यक्ष गिरीप्रसाद घिमिरेले बताउनुभयो । विगत तीन वर्षदेखि अध्यक्षको जिम्मेवारीमा रही घैँटो निर्माणको काम गरेको उहाँको भनाइ छ । अघिल्ला आर्थिक वर्षमा निर्माण गरिएका घँैटोमा पानी सङ्कलन गरी स्थानीयले पानी प्रयोग गरेको छन् भने आव २०७६/७७ मा निर्माण गरिएका घैँटोमा पनि पानी सङ्कलन शुरु भएको अध्यक्ष घिमिरेको भनाइ छ ।

वडा कार्यालयमार्फत टिनको छाना भएका, गरिब, विपन्न र पानीको पहुँचबाट टाढा रहेका व्यक्ति छनोट गरी घरमा घैँटो निर्माण गरिएको वडासचिव आचार्यले बताउनुभयो । पिउने पानीसमेत किनेर खानुपर्ने अवस्था रहेको यस क्षेत्रमा घैँटो निर्माणपश्चात स्थानीयवासीलाई सहज भएको उहाँले बताउनुभयो । स्थानीय तह निर्माणपूर्व खानेपानी डिभिजन कार्यालयमार्फत पनि केही घैँटो निर्माण भएको उहाँले बताउनुभयो । 

वडा कार्यालयको सहयोगमा घैँटो निर्माण भएपछि यहाँका स्थानीय खुशी भएका छन् । बिजुली बासडाँडाका स्थानीय नुमलाल पोखरेलले पानीको समस्या रहेको यस क्षेत्रमा घैँटो निर्माणले सहज हुने बताउनुभयो । वर्षातको समयमा आकाशबाट परेको पानी टिनबाट घैँटोमा जम्मा गर्ने उहाँको भनाइ छ । गाईवस्तुलाई खुवाउन, कपडा धुन, नुहाउनका साथै तरकारीखेती सिँचाइका लागि पनि सहज हुने पोखरेलले बताउनुभयो ।

वर्षात्को समयमा आकाशबाट परेको पानी टिनमार्फत घैँटोमा सङ्कलन गरी प्रयोग गर्न पाएपछि यहाँका स्थानीयवासीलाई राहत मिलेको बिजुली चिउरापानीकी स्थानीय कुन्ता थापाले बताउनुभयो । स्थानीय तह निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएपश्चात यहाँका जनताको पानीको समस्या बुझी घैँटो निर्माण गरिएको वडाध्यक्ष रानामगरले बताउनुभयो । जनता माध्यामिक विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र यस नजिकका बस्तीमा लिफ्टमार्फत खानेपानीको व्यवस्था गरिएको छ भने अन्यका लागि घैँटो बनाइएको हो । वडा कार्यालयले यो वर्ष पनि घैँटो निर्माणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुर्गा प्रसाईंलाई बिना सर्त रिहा गर्न आजपाको माग घट्यो सुनको मूल्य कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ