२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुरु भयो नमूना सदरमुकाम निर्माणको प्रक्रिया

२०७७, २४ आश्विन शनिबार १४:२४

असोज २४, नवलपरासी | प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डेढ वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम शुरु भएको छ । नमूना सदरमुकाम निर्माणको प्रारम्भिक चरणको काम शुरु गरिएको हो । कावासोती नगरपालिका–३ मा रहेको १८४ बिघा क्षेत्रफलमा एकीकृत कार्यालय रहने गरी सदरमुकाम निर्माण गर्न लागिएको छ ।

प्रारम्भिक चरणमा अहिले एकीकृत सरकारी कार्यालय भवन निर्माणस्थलसम्म पुग्ने पहँुचमार्ग निर्माणको काम शुरु गरिएको हो । यसका लागि सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरबाट बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढेको सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयन तथा अनुगम समितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताउनुभयो ।

हाल रु ७५ करोड ८० लाख बजेटबाट प्रारम्भिक चरणको काम शुरु गर्न लागिएको यसै क्षेत्रका सांसद तिलक महतले बताउनुभयो । प्रारम्भिक चरणमा पहुँचमार्ग निर्माणपश्चात यसै वर्षबाट थप सडक र  भवन निर्माणको कामसमेत शुरु हुने सांसद महतले बताउनुभयो । गणतन्त्रले जन्माएको जिल्लाको सदरमुकाम नमूना बन्नुपर्छ भन्ने अभियानका लागि आफूहरु लागिपरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं आफ्नो हातले सदरमुकाम निर्माणस्थलको नक्साङ्कन गरेको स्मरण गर्दै सांसद महतले भन्नुभयो, “प्रधानमन्त्रीले समेत नमूना सदरमुकाम निर्माणको विषयलाई चासो दिनुभएको छ, यो भोलिको पुस्ताले सम्झने खालको, व्यवस्थित सदरमुकामका रूपमा स्थापित होस् भन्ने ।”

शिलान्यास गरेको डेढ वर्षपछि प्रारम्भिक चरणको काम थालनी भएको भन्दै अब यसलाई पूर्णता दिन सबै मातहतका निकायले समेत विशेषरूपमा हेर्नुपर्ने सांसद महतले बताउनुभयो । “यो जिल्लावासीमात्रै नभई सम्पूर्ण देशवासीका लागि गौरवको विषय हुनेछ, म आफू केन्द्रस्तरमा समन्वय गर्ने काममा सधैँ लागिरहनेछु, मातहतका कार्यालयबाट चासोका साथ काम हुनुपर्छ”, सांसद महतले भन्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले आधुनिक युगको नमूना शहरका रूपमा जिल्ला सदरमुकाम निर्माण हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले प्रदेशस्तरबाट गर्नुपर्ने कार्यका लागि आफूले समन्वय गर्ने बताउनुभयो । 

नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालय निर्माण हुनेछन् । हाल सङ्घ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय, स्थानीय तहको कार्यालय निर्माण गर्ने गरी गुरुयोजना तयार पारिएको छ । भवनहरु एकै प्रकृतिको बनाइने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक एवं गुरुयोजना कार्यान्वय तथा अनुगमन समितिका संयोजक गेलालले बताउनुभयो । “सबैले आफ्नै तरिकाभन्दा पनि एकै प्रकृतिको भवन निर्माण गर्ने योजना छ”, गेलालले भन्नुभयो, यसका लागि जसले भवन बनाउने भए पनि समन्वय हुन्छ ।  यसलाई नमूनाकै रुपमा बनाउ आफूहरु लागेको उहाँको भनाइ छ ।

सदरमुकाम निर्माणस्थलमा पुस्तकालय, सभाहल, बैंक, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, उद्यानलगायत संरचनासमेत निर्माण हुनेछन् । नमूना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार करिब रु १६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । एकीकृत कार्यालय रहने गरी नमूना सदरमुकाम निर्माणको चरणमा प्रवेश गर्नु आफैँमा महत्वपूर्ण क्षण भएको कावासोती नगरपालिका नगरप्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो । उहाँले नमूना सदरमुकाम निर्माणको कामलाई सरलरूपमा बढाउन र स्थानीयस्तरमा आउने  समस्या समाधानका लागि नगरवासीसँगको समन्वयमा आफूले गर्ने बताउनुभयो ।

नमूना सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकतानुसार परिमार्जन गर्न नेपाल सरकार मन्त्रिपरिषद्ले शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रलायका सचिव नवलपरासीपूर्वका प्रमुख जिल्ला अधिकारी र कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सदस्य तथा सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुर चितवनका प्रमुख सदस्यसचिव रहने गरी समितिसमेत गठन गरिसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने