२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शुरु भयो नमूना सदरमुकाम निर्माणको प्रक्रिया

२४ आश्विन २०७७, शनिबार १४:२४

असोज २४, नवलपरासी | प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको डेढ वर्षपछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको नमूना सदरमुकाम निर्माणको काम शुरु भएको छ । नमूना सदरमुकाम निर्माणको प्रारम्भिक चरणको काम शुरु गरिएको हो । कावासोती नगरपालिका–३ मा रहेको १८४ बिघा क्षेत्रफलमा एकीकृत कार्यालय रहने गरी सदरमुकाम निर्माण गर्न लागिएको छ ।

प्रारम्भिक चरणमा अहिले एकीकृत सरकारी कार्यालय भवन निर्माणस्थलसम्म पुग्ने पहँुचमार्ग निर्माणको काम शुरु गरिएको हो । यसका लागि सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुरबाट बोलपत्र आह्वान गरी प्रक्रिया अगाडि बढेको सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयन तथा अनुगम समितिका संयोजक तथा शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणिराम गेलालले बताउनुभयो ।

हाल रु ७५ करोड ८० लाख बजेटबाट प्रारम्भिक चरणको काम शुरु गर्न लागिएको यसै क्षेत्रका सांसद तिलक महतले बताउनुभयो । प्रारम्भिक चरणमा पहुँचमार्ग निर्माणपश्चात यसै वर्षबाट थप सडक र  भवन निर्माणको कामसमेत शुरु हुने सांसद महतले बताउनुभयो । गणतन्त्रले जन्माएको जिल्लाको सदरमुकाम नमूना बन्नुपर्छ भन्ने अभियानका लागि आफूहरु लागिपरेको उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं आफ्नो हातले सदरमुकाम निर्माणस्थलको नक्साङ्कन गरेको स्मरण गर्दै सांसद महतले भन्नुभयो, “प्रधानमन्त्रीले समेत नमूना सदरमुकाम निर्माणको विषयलाई चासो दिनुभएको छ, यो भोलिको पुस्ताले सम्झने खालको, व्यवस्थित सदरमुकामका रूपमा स्थापित होस् भन्ने ।”

शिलान्यास गरेको डेढ वर्षपछि प्रारम्भिक चरणको काम थालनी भएको भन्दै अब यसलाई पूर्णता दिन सबै मातहतका निकायले समेत विशेषरूपमा हेर्नुपर्ने सांसद महतले बताउनुभयो । “यो जिल्लावासीमात्रै नभई सम्पूर्ण देशवासीका लागि गौरवको विषय हुनेछ, म आफू केन्द्रस्तरमा समन्वय गर्ने काममा सधैँ लागिरहनेछु, मातहतका कार्यालयबाट चासोका साथ काम हुनुपर्छ”, सांसद महतले भन्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले आधुनिक युगको नमूना शहरका रूपमा जिल्ला सदरमुकाम निर्माण हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँले प्रदेशस्तरबाट गर्नुपर्ने कार्यका लागि आफूले समन्वय गर्ने बताउनुभयो । 

नमूना सदरमुकाम निर्माणस्थलमा सङ्घ, प्रदेश र स्थानीय तहका कार्यालय निर्माण हुनेछन् । हाल सङ्घ मातहतका १६, प्रदेश मातहतका ११ कार्यालय, स्थानीय तहको कार्यालय निर्माण गर्ने गरी गुरुयोजना तयार पारिएको छ । भवनहरु एकै प्रकृतिको बनाइने शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक एवं गुरुयोजना कार्यान्वय तथा अनुगमन समितिका संयोजक गेलालले बताउनुभयो । “सबैले आफ्नै तरिकाभन्दा पनि एकै प्रकृतिको भवन निर्माण गर्ने योजना छ”, गेलालले भन्नुभयो, यसका लागि जसले भवन बनाउने भए पनि समन्वय हुन्छ ।  यसलाई नमूनाकै रुपमा बनाउ आफूहरु लागेको उहाँको भनाइ छ ।

सदरमुकाम निर्माणस्थलमा पुस्तकालय, सभाहल, बैंक, अतिथिगृह, आवासगृह, रङ्गशाला, सूचना केन्द्र, प्रहरी तालिम केन्द्र, उद्यानलगायत संरचनासमेत निर्माण हुनेछन् । नमूना सदरमुकाम निर्माणको गुरुयोजनाअनुसार करिब रु १६ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । एकीकृत कार्यालय रहने गरी नमूना सदरमुकाम निर्माणको चरणमा प्रवेश गर्नु आफैँमा महत्वपूर्ण क्षण भएको कावासोती नगरपालिका नगरप्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो । उहाँले नमूना सदरमुकाम निर्माणको कामलाई सरलरूपमा बढाउन र स्थानीयस्तरमा आउने  समस्या समाधानका लागि नगरवासीसँगको समन्वयमा आफूले गर्ने बताउनुभयो ।

नमूना सदरमुकामको स्वीकृत गुरुयोजना कार्यान्वयनको अनुगमन र आवश्यकतानुसार परिमार्जन गर्न नेपाल सरकार मन्त्रिपरिषद्ले शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशकको संयोजकत्वमा गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रलायका सचिव नवलपरासीपूर्वका प्रमुख जिल्ला अधिकारी र कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत सदस्य तथा सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुर चितवनका प्रमुख सदस्यसचिव रहने गरी समितिसमेत गठन गरिसकेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने आजको मौसम: कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना आजदेखि सेयर बजार खुल्दै