Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

दश वर्षपछि दिपायलमा हवाइ सेवा, दिपायल-धनगढी भाडा तोकियो

२०७७, ३० आश्विन शुक्रबार १३:१०

असोज ३०, डोटी | लामो समयदेखि बन्द अवस्थामा रहेको दिपायल विमानस्थलमा आजदेखि साप्ताहिकरुपमा हवाइ सेवा शुरु भएको छ । समिट एयरले दिपायलदेखि धनगढीका लागि हप्तामा एकपटक उडान शुरु गरेको हो । 

आज पहिलो उडानमार्फत  सो एयसले १३ जना यात्रु बोकेर धनगढीका लागि उडान भरेको हो । डोटीबाट निर्वाचित सङ्घीय सासद प्रेमबहादुर आलेमगरको पहलमा दिपायल विमानस्थलको स्तरोन्नति गरिएसँगै बन्द भएको दश वर्षपछि आज पहिलो उडान भएको हो । 

नेपाल सरकारको रु ८ करोडको लगानीमा विमानस्थल कालोपत्रे तथा अन्य सामग्रीहरु निर्माण गरिएपछि निजी क्षेत्रको हवाइ कम्पनी समिट एअरले आजबाट दिपायलदेखि धनगढी सम्म उडान भर्ने सहमति अनुसार पहिलो उडान गरिएको दिपायल विमानस्थलका कर्मचारी जगन्नाथ साउदले बताउनुभयो । 

समिट एयरका पाइलोट लाक्पा शेर्पाले नेपालका अन्य पहाडी जिल्लाका विमानस्थलभन्दा यो विमानस्थलमा उडान र अवतरण गर्न केही सहज हुने गरेको जनाउनुभयो । तत्कालका लागि दिपायलबाट धनगढीका लागि प्रतिव्यक्ति रु तीन हजार २०० भाडा निर्धारण गरिएको छ । सातामा एक दिन शुक्रबार उडान हुने नागरिक उड्यन प्राधिकरण दिपायलका प्रमुख विशाल घिमिरेले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै