2026-07-25 08:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

चिनको अदालतले गर्यो नेपाली बैंकको पक्षमा फैसला

कार्तिक २१, काठमाडौँ | बैंक अफ काठमाण्डु (बिओके) र हिमालयन बैंकले काउन्टर ग्यारेन्टीवापत फसेको १ अर्ब ४० करोड रुपैयाँ पाउने भएका छन् | चिनको हेनान प्रान्तको झेङझाओ इन्टरमिडियट कोर्टले आदेश जारी गरेसंगै दुवै बैंकहरुले उक्त रकम चाइना कन्स्ट्रक्सन बैंकबाट फिर्ता पाउने भएका हुन् |

बैंकका पक्षमा फैसला आएसँगै रकम फिर्ता पठाउनका लागि आजै चाइना कन्स्ट्रक्सन बैंकलाई पत्राचार गरिने बैंक अफ काठमाण्डुका सिइओ शोभनदेव पन्तले बताए |

उनका अनुसार बिओकेले ९० करोडको ग्यारेन्टी रकम प्रदान गरेको थियो भने,हिमालयन बैंकको ६६ करोड रुपैयाँ फसेको थियो |

यसअघि मेलम्ची खानेपानी आयोजना निर्माणका क्रममा ठेकेदार कम्पनी चाइना रेल्वे कम्पनीले चाइना कन्स्ट्रक्सन बैंकमार्फत नेपालमा हिमालयन तथा बिओकेबाट ग्यारेन्टी रकम प्राप्त गरेको थियो |

बीचमा ठेकेदार कम्पनीले काम छोडेपछि नेपाली बैंकहरुले कम्पनीलाई प्रदान गरिसकेको रकम निश्क्रिय रहँदै आएको थियो | मेलम्चीको काम छाडेपछि ठेकेदार कम्पनीले नेपालका बैंकहरुले फ्रड गरेको भन्दै यहीं झेङझाओ कोर्टमा निवेदन दिएका थिए |

 त्यसपछि सो अदालतले निवेदककै पक्षमा निर्णय गरेको थियो। पछि नेपालका बैंकहरु उच्च अदालत गएका थिए | उच्च अदालतले तल्लो अदालतलाई अन्तर्राष्ट्रिय बैंकिङ पद्धति र चिनीयाँ कानुनअनुरुप नदेखिएको भन्दै निर्णयमाथि पुर्नविचार गर्न आदेश दिएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक