2026-07-25 12:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तिहार पछि लकडाउनको हल्ला : वायुसेवा संचालक संघको यस्तो छ विज्ञप्ति

कार्तिक २८, काठमाडौं । केही समाचार माध्यमहरुमा फेरी १५ दिन लकडाउन गर्ने समाचारहरु आएसँगै वायुसेवा संचालक संघले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । वायुसेवा संचालक संघले आज एक विज्ञप्ती जारी गर्दै लामो बन्दाबन्दी र निषेधाज्ञापछि अलिअलि जुर्मुराएको अर्थतन्त्रलाई फेरि सिथिल बनाउन तर्फ लाग्नु सम्वन्धित निकाय आ–आफ्नो जिम्मेवारीबाट पन्छिनु भएको जनाएको छ |

कडा लकडाउनका बीच पनि धेरै मात्रामा संक्रमितहरुको संख्या बढेको तथ्याङ्क हामी माझ भएको र कोरोनाबाट सम्भावित मृत्युदरलाई घटाउन पूर्वाधार तथा थप जनशक्ति परिचालन गर्नु पहिलो आवश्यकता प्राथमिकता भएकोले यसतर्फ सम्वन्धित निकायहरु थप सम्वेदनशील हुन जरुरी रहेको संघले जनाएको छ |

संघले जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘बन्दाबन्दीले शिथिल भएको पर्यटन, यातायात तथा हवाई सेवालगायतका अन्य व्यवसायहरुलाई फेरि पनि ठप्प बनाउने कार्य गरिनु उचित नहुने हुँदा यसले आम नागरिकको आयमा फेरि बन्देज लगाई हजारौं श्रमिकले रोजगारी गुमाउने र तीनमा आश्रीत परिवारको रोजीरोटी खोसिनेबारे सम्वन्धित निकाय सचेत हुन जरुरी छ । त्यसैगरी, वायुसेवा कम्पनीहरु ६ अर्ब भन्दा बढी घाटामा गइसकेको अवस्थामा यसलाई फेरि पूनःथप व्ययभार थप्नु न्यायोचित हुँदैन ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंसिर १ गतेदेखि आन्तरिक पर्यटकीय गतिविधि शुरु गरिसकेको छ । जसको प्रारम्भिक नतिजा अत्यन्तै उत्साहजनक देखिएको र ट्राभल एजेन्सीहरुले पनि विभिन्न होलिडे प्याकेज ता ट्रेकिङहरुको धमाधम बुकिङ्ग कन्फर्म गरिसकेको अवस्थामा यसलाई रोक्नु ठिक नहुने संघको धारणा छ ।

संघले मास्कको प्रयोग, सामाजिक दुरीको ख्याल संक्रमणरहित सरसफाई नै कोरोना हटाउने मुख्य हतियार रहेको हुँदा यसलाई अझ बढी जनचेतना फैलाउन तथा सो उल्लंघन गरेको खण्डमा कानुनी दायरामा ल्याई अनिवार्य दण्डसजाय हुने व्यवस्था गरिनु पर्नेमा संघले माग गरेको छ | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक