2026-07-25 04:34 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्न मनोहरा करिडोर पुनःनिर्माण शुरू

मंसिर २८, काठमाडौँ | भक्तपुरको लोकन्थलीबाट जडीबुटी हुँदै कोटेश्वरसम्मको सडकजामलाई कम गर्ने लक्ष्यका साथ शुरु भएर एक वर्षदेखि रोकिएको मनोहराखोला करिडोर निर्माण पुनः शुरु भएको छ ।

पेप्सीकोला–सानोठिमी सडकखण्डमा रहेको मनोहराखोला पुलबाट अरनिको राजमार्गअन्तर्गतको जडीबुटी पुलसम्म भक्तपुरतर्फको करिडोर निर्माण शुरु भएको आयोजनाका मनोज भेटवालले जानकारी दिए । 

सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले गत वर्षदेखि शुरु गर्नुभएको ‘सुरक्षित भक्तपुर, जाममुक्त भक्तपुर’ अभियानअन्तर्गत जडीबुटी कोटेश्वरको सडकजामलाई कम गर्ने विकल्पका रूपमा मनोहरा करिडोर निर्माण शुरु भएलगत्तै काम रोकिए पनि अहिले उनकै पहलमा चार दिनयता पुनः मनोहरा करिडोर निर्माणको भक्तपुरतर्फको बाँकी काम शुरु भएको हो ।

सांसद बस्नेतले भक्तपुरमा विकासका ठूला आयोजना रोकिएको जानकारी गराएलगत्तै भक्तपुरका नयाँ प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रोकिएका विकासका काम अगाडि बढाउन चासो दिएपछि करिडोर निर्माण अगाडि बढेको बस्नेतका स्वकीय सचिव दिनेश थापाले जानकारी दिए ।

थापाका अनुसार भक्तपुरमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट हुँदा सांसद बस्नेतले शुरु गराएको करिडोर निर्माण उनको सरुवा भएसँगै रोकिए पनि अहिले आएका नयाँ प्रजिअ भट्टराईले पुनः शुरु गराउन प्रशासनिकरूपमा अग्रसरता देखाएपछि काम अगाडि बढेको हो । यसअघिको प्रजिअ हुमकला पाण्डेले विभिन्न विवादका कारण रोकिएका विकासका ठूला आयोजना निर्माणमा चासो नदिँदा एक वर्ष पछाडि परेको विकास पुनः शुरु भएको छ ।

सांसद बस्नेत, प्रजिअ भट्टराई, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, मध्यपुरथिमि–१ र २ का वडाध्यक्ष, काठमाडौँ–३२ का वडाध्यक्ष नवराज पराजुली, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, निर्माण व्यवसायीसहित सरोकारवालाको छलफलबाट आएका बाधा हटाउँदै विकासका कामलाई तीव्रता दिने सहमतिसँगै करिडोर निर्माण पुनः सञ्चालन भएको हो ।

छलफलमा भएको निर्णयानुसार विसं २०२१ को नक्सामा जहाँ खोला बगेको छ, त्यहीँबाट खोला बगाएर करिडोर निर्माण सञ्चालन भएको हो । यसअघि पञ्चायतकालमा तत्कालीन भूमिसुधारमन्त्री नानीमैया हुँदा विसं २०२१ को नापीमा खोला बगेको ४५ रोपनी क्षेत्रफल व्यक्तिको नाममा दर्ता गरी पटक–पटक किनबेच भई हाल चार जनाको नाममा रहेको उक्त ठाउँमा साविक नक्साअनुसार नै खोलाको बहाव पठाइएको छ ।

नेकपाका केन्द्रीय सदस्यसमेत रहनुभएका बस्नेतले भन्नुभयो, “रोकिएको करिडोर निर्माण शुरु भएको चार दिनमा मनोहरा नदी उकास गरी व्यक्तिले कब्जा गरेको ४५ रोपनी जग्गामा खोला बगाइयो, अब २० दिनमा अरनिको राजमार्ग जडीबुटी पुलबाट पेप्सीकोला मनोहरा पुलसम्म सडक खोल्ने लक्ष्यका साथ मनोहरा करिडोरको काम तीव्रगतिमा गराइरहेका छौँ ।”

विसं    २०६३ मा नै स्वीकृत भएको मनोहरा जग्गा एकीकरण आयोजनाअन्तर्गत नै करिडोरसमेत निर्माण गर्ने तय भए पनि शुरु हुन नसक्दा बस्नेतको पहलमा करिडोर निर्माण शुरु भएको हो । मनोहरा करिडोरमा ३० मिटर खोलाको बहाव रहने, ११ मिटर सडक बन्ने र नौ मिटरको फुटपाथसहितको हरियाली उद्यान रहने गरी निर्माण शुरु भएको बताउँदै तीन साताभित्र करिडोरको ट्र्याक खोलेर सवारी साधन सञ्चालन गर्न मिल्ने गरी काम भइरहेको सांसद बस्नेतले जानकारी दिए । करिडोर निर्माणलाई जतिसक्दो छिटो सम्पन्न गर्ने लक्ष्यका साथ २४सै घण्टा १५ वटा डोजर लगाएर काम भइरहेको छ ।

उनले भने, “जडीबुटीबाट आँखा अस्पताल हुँदै भक्तपुर, काठमाडौँ र ललितपुर जोड्ने हनुमन्तेखोलाको पुलसम्म करिडोर निर्माण सम्पन्न भइसकेको छ, अब पेप्सीकोला पुलबाट जडीबुटी पुलसम्मको मनोहरा करिडोर निर्माण सम्पन्न भएसँगै जडीबुटी–कोटेश्वरको जाम घट्छ भन्ने विश्वास लिएका छौँ ।”

यो करिडोर निर्माण सम्पन्नसँगै प्रहरीको समन्वयमा भक्तपुरबाट ललितपुरतर्फ जाने सवारी साधनलाई लोकन्थली जडीबुटी पुलबाट आँखा अस्पताल हुँदै बालकुमारी पठाउने र गौशाला, चावहिल जाने सवारी साधनलाई मनोहरा करिडोरबाट पठाउने गरी व्यवस्थापन गर्दा सडकजाम कम हुने उनको भनाइ छ । भक्तपुरका ठूला आयोजनाअन्तर्गत रहेको हनुमन्ते कोरिडोर, पेप्सिकोला–सल्लाघारी सडक, शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र, स्मार्ट सिटी, रङ्गशालालगायतका रोकिएका विकास निर्माणका काम अब शुरु हुने यहाँका बासिन्दाले विश्वास लिएका छन् ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक