2026-07-24 10:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्से परिसूचक ३०.३३ अंकले बढ्यो

पुस ६, काठमाडौँ । साताको दोश्रो दिन नेप्से परिसूचक ३०.३३ अंकले बढेको छ। सोमबार नेप्से परिसूचक ३०.३३ अंक बढेर १९६५.९६ विन्दुमा पुगेको हो । त्यसैगरी, सेन्सेटिभ इण्डेक्स ७.०१ अंक, फ्लोट इण्डेक्स २ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२८ अंक बढेको छ।

आज २०२ कम्पनीको ६४ हजार ९३८ पटकको कारोबारमा ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज एनआईसी एशिया बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

सो बैंकको शेयरमूल्य यस दिन ७० रुपैयाँ बढेर ७७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै आज एनएमबि माइक्रोफाइनान्सको शेयरमूल्य ६.२२ प्रतिशत बढेको छ। नारायणी डेभलपमेन्ट बैंक र युनाइटेड इदी मार्दीको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। 

नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन ५३ रुपैयाँ घटेर ४८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने युनाइटेड इदी मार्दीको ३२ रुपैयाँ घटेर २९३ रुपैयाँमा अन्तिम कारोबार भएको हो सोमबार  नेपाल लाइफ इन्स्योरेन्सको ७२ करोड ८८ लाख ६९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। 

त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको ५७ करोड र एनआईसी एशियाको ४४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। सोमबार कारोबारमा आएका १२ उपसमूहमध्ये ९ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ३ उपसमूहको परिसूचक घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक