२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सम्झौता अनुसार बक्यौता रकम पाएनन् उखु किशानले,पुनःआन्दोलनको घोषणा

२०७७, ८ माघ बिहीबार १२:३३

माघ ८, काठमाडौँ । सम्झौता भएको २१ दिन सम्म बक्यौता रकम नपाएपछि उखु किशानले पुनः आन्दोलन गर्ने घोषणा गरेका छन् । उखु किसान संघर्ष समिति र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय बीच पुस १३ गते भएको सम्झौता अनुसार २१ दिन भित्र बाँकी बक्यौता रकम भुक्तानी गरिसक्नु पर्ने भएपनि हालसम्म भुक्तानी नगरेको भन्दै किशानले पुनःआन्दोलनको घोषणा गरेका हुन् । 

सम्झौता अनुसार सरकारले उखु किशानको बक्यौता रकम माघ ५ गते भित्र भुक्तानी गरिसक्नु पर्नेछ । माघ ५ गते भित्र उद्योग मन्त्रालयले मौखिक रुपमा गराएको जानकारी अनुसार रु ६५ करोड कबुल गरेको रकम मध्ये रु.५७ करोड भुक्तानी गराइसकेको र बाँकी रहेको रु.८ करोड रकम पनि उद्योग मन्त्रालयको नियन्त्रणमा आईसकेको जनाएपनि यसमा शंका रहेको संघर्ष समितिले बिहीबार विज्ञप्ति जारी गर्दै भनेको छ ।

'हामी किसानहरु विश्वस्त हुन सकिरहेका छैनौ । मन्त्रालयले हामीसँग किसानहरुले के -कति रकम भुक्तानी पाउनु पर्ने सो यकिन विवरण नभएकाले उखु किसान संघर्ष समितिसँग विवरण माग गरिरहेको छ । 

सो बिबरण संघर्ष समितिले पनि पटक पटक उद्योग तथा उद्योगीहरुसंग माग गर्दा समेत उद्योग तथा उद्योगीहरुले संघर्ष समितिलाई सो विवरण उपलब्ध गराउन आनाकानी गरिरहेको छ ।' विज्ञप्तिमा भनिएको छ, 'किसानले भुक्तानी पाउनु पर्ने यकिन रकमको विवरण उद्योग र उद्योगीहरुसँगै रहेकोले सो अनुसार किसानको सम्पूर्ण रकम किसानहरुको खातामार्फत भुक्तानी गरी सकेको विश्वसनीय एवम् स- प्रमाण विवरण तत्काल सार्वजनिक नगरे सम्म हाम्रो न्यायीक सघर्षको आन्दोलन जारी रहनेछ ।'

उखु किशान संघर्ष समितिले माघ १० गते देखि फाल्गुण ७ गते सम्म किसान जागरण अभियान, ८ गते देखि १४ फाल्गुण गते सम्म कालो पट्टी बाधेर खेतमा काम गर्ने,१५ गते देखि फाल्गुण २१ गते सम्म एक छाक उपवास (भोकैबसी) खेतमा काम गर्ने र त्यसपछि पनि भुक्तानी  नभए तेस्रो चरणको आन्दोलन घोषणा गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो