साउन २०, चितवन । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा व्यवस्थित यातायातको सुविधा हुन नसकिरहेको बेला यहाँका उद्योगी व्यवसायी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २०, चितवन । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा व्यवस्थित यातायातको सुविधा हुन नसकिरहेको बेला यहाँका उद्योगी व्यवसायी"/>
१७ माघ २०८२, शुक्रबार
अर्थ/विकास

भरतपुरमा सिटी बस सञ्चालनको तयारी

२० श्रावण २०७३, बिहीबार ०९:४१

साउन २०, चितवन । भरतपुर उपमहानगरपालिकाको सहरी क्षेत्रमा व्यवस्थित यातायातको सुविधा हुन नसकिरहेको बेला यहाँका उद्योगी व्यवसायीहरुले अत्याधुनिक सिटी बस सञ्चालन गर्ने भएका छन् । 

ग्लोबल मेट्रो सिटी बस प्रालिका नामबाट उपमहानगरपालिकाको सहरी क्षेत्रमा बस सञ्चालन गर्न लागिएको हो । कम्पनीको अध्यक्ष बद्री अधिकारीका अनुसार पहिलो चरणमा यही भदौ १० गतेबाट २५ वटा बस सञ्चालनमा ल्याइने छ । स्थानीय २१ जना व्यवसायीले कम्पनी दर्ता गरी भारतीय टाटा कम्पनीका २६ सिट क्षमताका बस झिकाएका हुन् । एउटै ब्रान्डका ती बस उपमहानगरपालिकाको सहरी क्षेत्रमा रुट बनाएर नियमित सञ्चालनमा ल्याइने छ । 

केन्द्रीय बस ट्रमिनल भरतपुर र पोखरा बसपार्क नारायणगढलाई मुख्य केन्द्र मानेर बस सञ्चालन गरिँदै छ । सकेसम्म बसका चालकसहित सम्पूर्ण कर्मचारी महिला राख्न पहल भइरहेको भए पनि पहिलो चरणमा चालक पाउन मुस्किल भएकाले अन्य कर्मचारी भने महिला नै हुने अधिकारीको भनाइ छ । ती बसमा सिसी क्यामेरा, वाइफाई, मोबाइल चार्ज, स्थानीय उत्पादनको विज्ञापन गर्न मिल्नेगरी डिस्प्लेको सुविधा रहेको छ । बसमा ज्येष्ठ नागरिकलाई परिचयपत्रका आधारमा निःशुल्क यात्राको व्यवस्था गरिने अधिकारीले बताउनुभयो । 

विद्यार्थी, व्यवसायी र नियमित यात्रा गर्नुपर्नेका लागि कार्डको व्यवस्थासमेत गरिन लागेको छ । पहिलो चरणमा रु आठ करोड ५० लाख लगानी गरी बससेवा सञ्चालन गर्न लागिएको जानकारी दिँदै अधिकारीले दोस्रो चरणमा २० वटा बस थप गर्ने, पेट्रोलपम्प र ग्यारेज सञ्चालन गर्ने लक्ष्य रहेको बताउनुभयो । 

कम्पनीले धार्मिक पर्यटकीय क्षेत्र देवघाट, मौलाकालिका र गणेशस्थानलाई विशेष महत्व दिँदै मेला महोत्सवको समयमा ती क्षेत्रमा यातायात सुविधा प्रदान गर्ने जनाएको छ । उपमहानगरपालिकाको सहरी क्षेत्रको जनघनत्व बढे पनि व्यवस्थित यातायातको सुविधा नहुँदा सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक