२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सो करेक्सनतर्फ

२०७७, १३ माघ मंगलवार ११:५९

माघ १३, काठमाडौँ । लगातार उकालो लागिरहेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने ‘करेक्सन’ भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.७९ अङ्कले घटेर दुई हजार ४२३.०९ मा पुगेको छ । 

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ४.५८ अङ्कले घटेर ४४७.२४ मा पुगेको छ । आज कूल २०७ कम्पनीको एक करोड ९६ लाख छ हजार ५४५ कित्ता शेयर रु आठ अर्ब २७ करोड ९६ लाख ९४ हजार ७४७ मा खरिद बिक्री भयो । 

नेप्सेमा आएको उतारचढावका कारण बजार पूँजीकरणमा भने खासै परिवर्तन देखिएन । आजको कारोवार पछि कूल बजार पूँजीकरण रु ३२ खर्ब ६३ अर्ब ८१ करोड ३२ लाख १० हजार बराबर भएको छ । आज कारोवार भएका कूल १२ मध्ये १० उपसमूहको शेयर ओरालो लागेको छ भने दुई उपसमूहको शेयरमात्र बढेको छ । होटल ५४.०५ र वित्त १३.०७ ले बढ्दा बैंकिङ ६.८१, व्यापार ९२.४२, विकास बैंक २९.४८, जलविद्युत् २७.०५, निर्जीवन बीमा ९८.५७, उत्पादन ४१.८७, अन्य २६.७९, लघुवित्त ५९.७२, जीवनबीमा ४१.०९ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटेको छ । 

कारोवार आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु एक अर्ब ४५ करोड सात लाख ६३ हजार ७२५ बराबरको खरिद बिक्री भयो । यस्तै नेपाल बैंकको रु ५२ करोड ५३ लाख २८ हजार ४६९, शिखर इन्स्योरेन्सको रु २३ करोड १७ लाख ८९ हजार ५६९, नेपाल पुनर्बीमा कम्पनीको रु २० करोड चार लाख ६९ हजार ७५३, नेपाल दूरसञ्चार कम्पनीको रु १६ करोड ४४ लाख ६४ हजार ५५१, नागरिक लगानी कोषको रु १६ करोड ४३ लाख पाँच हजार ३६३ र नबिल बैंकको रु १५ करोड ७१ लाख ८० हजार ८३७ मा खरिद बिक्री भयो । 

आज गुराँस लुघवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ९.९७ प्रतिशतले कमाउँदा प्रभु लाइफ इन्स्योरेन्सको रु ९.९४, युनाइटेड फाइनान्स ९.८८, पोखरा फाइनान्स ८.३६, ओरियन्टल होटल ७.०३, बोटलर्स नेपाल (तराई) लिमिटेड ६.५६ र नेपाल बैंकका लगानीकर्ताले ६.५३ प्रतिशतले कमाए । 

शिवश्री हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ४.९५ प्रतिशतले गुमाए । प्रोगेशिव फाइनान्स ४.५७, राष्ट्रिय बीमा कम्पनी ४.४७, सान्जेन जलविद्युत् कम्पनी ४.३१, रसुवागढी हाइड्रोपावर ४.२८ र पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ४.२३ प्रतिशतले गुमाए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो