2026-07-24 08:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

निर्यात सहजीकरणका लागि ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’

माघ १३, काठमाडौँ । व्यवसायसम्बन्धी सम्पूर्ण आवश्यक सूचना सहज तथा सरलरुपमा एकै थलोबाट उपलब्ध गराउने उद्देश्यले ‘नेपाल ट्रेड इन्फरमेसन पोर्टल’को शुभारम्भ गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहान आयोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा उक्त पोर्टल सञ्चालनमा ल्याइएको हो । पोर्टलको आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुभारम्भ गर्नुभयो । नेपालको निर्यात व्यवसायसम्बन्धी सम्पूर्ण जानकारीलाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्न व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले उक्त पोर्टलको शुरु गरेको हो ।

सम्पूर्ण व्यवसायी तथा व्यवसायसँग सरोकार राख्ने निजी सङ्घ, संस्था तथा सरकारी निकायलाई सूचना उपलब्ध गराउन उक्त पोर्टल सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ । nepaltradeportal.gov.np तथा एनटिआइपी मोबाइल एपबाट सहजरुपमा सेवाग्राहीले प्रयोग गर्न सक्ने केन्द्रले जनाएको छ । पोर्टलबाट व्यापार व्यवासय गर्न चाहनेलाई अपनाउनुपर्ने विधि र प्रक्रियाका बारेमा जानकारी प्रवाह हुने, विश्वको कुनै पनि कुनामा बस्ने सेवाग्राहीले नेपाली निर्यातयोग्य वस्तुको माग र पोर्टलमा प्रविष्ट भएका वस्तु एवं व्यावसायिक प्रोफाइल सहजरुपमा प्राप्त गर्न सक्नेछन् । 

यसबाट नीति निर्माता, सरकारी एवं निजी क्षेत्र तथा वाणिज्य क्षेत्रको अध्ययन तथा अध्यापन गर्नेलाई सहयोग पुग्ने केन्द्रले विश्वास लिएको छ । विश्व व्यापार सङ्गठनको व्यापार सहजीकरण ऐनको दफा १ र २ मा सूचनाको पारदर्शिता उल्लेख भएबमोजिम यसमा समावेश गरिएको केन्द्रले जनाएको छ ।

यस पोर्टलमा निर्यात व्यापारसँग सम्बन्धित व्यवासय शुरु गर्न साधारण सूचनादेखि निर्यातका लागि वस्तु बजार र त्यसका लागि आवश्यक पर्ने नीति, नियम, प्रावधान, निर्यातकर्ता एवं सेवा प्रदायकको विवरण, निर्यातयोग्य वस्तुको विवरणका साथै व्यापारसँग सम्बन्धित सूचना, नेपालको वैदेशिक व्यापारका करिब एक दशक अघिदेखिको तथ्याङ्क समावेश गरिएको छ । 

निर्यातकर्ताले निर्यात गरिएको वस्तुको विवरण, सेवा प्रदायकको विवरण आफँै पोर्टमा प्रविष्ट गर्ने व्यवस्थासमेत रहेकाले भविष्यमा व्यापार अभिवृद्धिमा सहयोग पुग्ने केन्द्रले विश्वास लिएको छ । पोर्टलबाट व्यापारसँग सम्बन्धित विषयको प्रचारप्रसार तथा बजारीकरणका लागि समेत कार्य गर्नेछ । 

पोर्टलको शुभारम्भ गर्दै मन्त्री भट्टले निजी क्षेत्रलाई सहजीकरण गर्नेमा सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो । उहाँले आयात निर्यातमा देखिएको समस्यासँगै समस्या समाधानको उपाय पनि ल्याउन निजी क्षेत्रसँग आग्रह गर्नुभयो । वाणिज्यसम्बन्धी नीति निर्माणमा भएका कमीकमजोरीका बारेमा सरकारलाई सुझाव दिन आग्रह गर्दै उहाँले निजी क्षेत्रसँग सहकार्य गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । 

वाणिज्य सचिव डा वैकुण्ड अर्यालले व्यापारमा सहजीकरण गर्ने उद्देश्यले सरकारले उक्त पोर्टल सञ्चालनमा ल्याएको र यसबाट अधिकतम लाभ लिन आग्रह गर्नुभयो । “यो प्रयोग गर्न निकै सजिलो छ, इन्टरनेटको पहुँचमा भएका व्यक्तिले सहजै प्रयोग गर्न सक्छन्”, उहाँले भन्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले व्यापार सहजीकरणमा प्रविधिको प्रयोगले सघाउ पुग्ने बताउनुभयो । मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न निर्यात प्रवद्र्धनका साथै आयात प्रतिस्थापनमा सबै व्यवसायीको ध्यान जानुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले पोर्टल सञ्चालनमा आएसँगै निकासी प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुगेको बताउनुभयो ।रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक