२०८३, १२ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

विदेशी मुद्रा सटही व्यवसायमा कोरोनाको कहर

२०७७, १५ माघ बिहीबार ०८:५८

माघ १५, गण्डकी । कोरोना महामारीको प्रभाव विदेशी मुुद्रा सटहीमा पनि देखिएको छ ।पर्यटकीय नगरी पोखरामा वार्षिक झण्डै रु दुई अर्ब बराबरको कारोवार हुने गर्दथ्यो ।  कोरोनाको प्रभावका कारण विदेशी पर्यटक आउन छाडेपछि मुद्रा सटही व्यवसाय शून्यतामा झरेको मनिचेन्जर एशोसिएशनका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

“मनि चेन्जर एशोसिएशनमा हाल ४२ रकम सटही आवद्ध छन्,  झण्डै १५० जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका थिए”, उहाँले भन्नुभयो, “कोरोनाले व्यवसाय ठप्प त पा¥यो नै, धेरै जनाको रोजगारीसमेत प्रभावित भएको छ ।”

बढ्दो विदेशी पर्यटकको आकर्षणसँगै मनि मुद्रा सटहीहरू खुल्न थालेको पर्यटन व्यवसायी बताउँछन् । मुद्रा सटहीलाई व्यवस्थित बनाउनका लागि विसं २०५४ मा यहाँ एशोसिएशन बनाएर सबै व्यवसायीलाई एउटै छातामा आवद्ध गराइएको अध्यक्ष भण्डारीले बताउनुभयो । करिब एक दशक अघिसम्म पोखरामा मनि सटही खुल्ने क्रम बढेको उल्लेख गर्दै उहाँले त्यस क्रममा ५० को हाराहारीमा मनि सटहीहरू पुगेको बताउनुभयो । “पछिल्ला वर्षमा एटिएम कार्डको बढ्दो प्रयोगले पनि यो व्यवसाय प्रभावित भएको छ”, उहाँले भन्नुभयो, “पर्यटक आउनासाथ सबैभन्दा पहिले पुग्ने स्थान मुद्रा सटही नै हो, त्यसैले पनि यो पर्यटनको महत्वपूर्ण पाटोजस्तै बनेको छ ।” बैंकिङ संस्थाहरूको बढे पनि बिहानदेखि बेलुकासम्म पर्यटकका लागि मुद्रा सटही गरेर मनि चेन्जरहरूले ठूलै योगदान पु¥याएको भण्डारीको भनाइ छ । उहाँका अनुसार सटही विनियमावली २०७७ ले मनि सटहीरहरूले पल्स मेसिनको प्रयोग गरी डेबिट, क्रेडिट कार्डका साथै भिजा कार्डबाट भुक्तानी दिने व्यवस्था मिलाएको छ । 

कोरोनाको कहरसँगै कतिपयले त संस्था नै बन्द गरेर बसेको मनि चेन्जर एशोसिएशन पोखराका पूर्वकोषाध्यक्ष एवं श्रेष्ठ मनि चेन्जर प्रालिका सञ्चालक कृष्णकुमार श्रेष्ठ बताउनुहुन्छ । विदेशी पर्यटनको आगमन ठप्प हुनुका साथै बढ्दो एटिएम कार्डको प्रयोगले व्यवसाय प्रभावित भएको बताउँदै उहाँले यसले गर्दा मुद्रा सटहीले विगतमा दिएको रोजगारीलाई पनि सङ्कटमा पारेको उल्लेख गर्नुभयो । पर्यटनमा विगतदेखि नै मुद्रा सटहीहरूले महत्वपूर्ण योगदान गर्दै आएको उहाँले बताउनुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो