2026-07-25 02:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेपाल इन्फ्रास्टक्चर बैंकको आईपीओ बाँटफाँड

माघ १६, काठमाडौँ । शुक्रबार नेपाल इन्फ्रास्टक्चर बैंकले आईपीओ बाँटफाँड गरेको छ । हाल सम्मकै ठुलो आईपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्टक्चर बैंकको बिहान १० बजे सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले सेयर बाँडफाँट गरेको हो ।

जस अनुसार १० देखि ५० कित्ता आवेदन गर्ने लगानीकर्ताले १ करोड १२ लाख १९ हजार ८० कित्ता पाउनेछन् भने, ६० देखि २ लाख कित्ता आवेदन गर्ने लगानीकर्ताले थप ५० कित्ताका दरले ५ करोड ९७ लाख २ सय कित्ता पाउनेछन् । बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता सेयर ६० देखि २ लाख कित्ता माग गर्ने लगानीकर्ताले थप १० कित्ताका दरले प्राप्त गर्ने एनआइबीएल एस क्यापिटलले जनाएको छ ।

बैंकले माघ २ गतेदेखि ६ गतेसम्म आइपीओ खुलाएको थियो । जसमा १४ लाख ८१ हजार २८४ जनाले १६ करोड ७८ लाख ५ हजार ४४७ कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ६ हजार २७६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको थियो ।

कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्ता सार्वजनिक निष्कासन गरेको थियो । तीमध्ये ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि,शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्ट्याएको थियो ।

ति मध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था गरिएको थियो ।

अहिले उक्त बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी २० अर्ब पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक