<p><b>फागुन ७, काठमाडौं । </b>नेपालमा पछिल्लो समय सुनको मूल्य निरन्तर ओरालो लागेको छ । बिहिबार प्रतितोला ८९ हजार २ सयमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार एक हजार रुपैयाँले घटेर प्रतितोला ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।<br></p><p>मंगलबार यता सुनको मूल्य तोलामा रु दुई हजार ७ सय रुपैयाँले घटेको छ । यस्तै आज तेजाबी सुनको मूल्य ८७ हजार ७५० रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबारको तुलनामा प्रतितोला रु ३० रुपैयाँले घटेको महासंघले जनाएको छ ।</p><p>बिहीबार १३३५ रुपैयाँ तोलामा कोरोबार भएको चाँदीको भाउ १३०५ रुपैयाँमा कारोबार भएको छ । </p>
