फागुन १०, काठमाडौं । पछिल्लो समय नेपाली बजारमा ओरालो लागेको सुनको मूल्य सोमबार भने स्थिर रहेको छ ।

शुक्रबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला रु ८ सयले बढेर ८९ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५ सय ५० मा कारोबार भएको छ । आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य आइतबारको तुलनामा प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।

आइतबार १३३० रुपैयाँ तोलामा कोरोबार भएको चाँदीको भाउ आज १३३५ रुपैयाँमा कारोबार भएको हो ।

February 22, 2021
अर्थ/विकास, काठमाडौँ - KTM
सुनचाँदीको मूल्य कति ?
By kit
2 मिनेट पढाइ