2026-08-26 12:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

महिला लघुवित्तको आईपीओ भोलि बाँडफाँड,कसले कति पाउँछन् ?

फागुन १३, काठमाडौँ । महिला लघुवित्त वित्तीय संस्थाको शुक्रबार आईपीओ बाँडफाँड गर्ने भएको छ । भोलि बिहान ८ बजे ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर बाँडफाँड गर्ने भएको हो । गत माघ ३० गतेदेखि फागुन ५ गतेसम्मका लागि संस्थाले १०० रुपैयाँ अंकितदरले ४ लाख कित्ता सेयर निष्काशन गरेको थियो । 

कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता सेयर संस्थाको कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वधारणले पाउनेछन् । संस्थाको सेयर बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गका अनुसार माग गरेभन्दा झण्डै ६३ प्रतिशत बढीले माग आवेदन दिएका छन् । 

संस्थाको कुल ४ लाख सेयरमा १५ लाख १९ हजार १ सय २८ जना आवेदकको २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ३३ हजार ७ सय ७० कित्ताका लागि आवेदन परेको छ ।   छ । 

गोलाप्रथाद्वारा बाँडफाँड गर्दा करिब ३७ हजार ५ सय जना लगानीकर्ताले १० कित्ताका दरले शेयर हात पार्नेछन् भने १४ लाख ८१ हजार भन्दा बढि आवेदकहरूको हात खाली हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’ बाढी-पहिरोले देशका प्रमुख राजमार्ग प्रभावित बानेश्वरमा महिला ट्राफिक प्रहरीमाथि हातपात गरेको आरोपमा युवक पक्राउ घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढ्दैछ : श्रममन्त्री यादव बुधबार संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर, ११ सांसदले सोध्दैछन् प्रश्न आँखाको समस्याका कारण प्रधानमन्त्री शाहले संसद्मा कालो चस्मा लगाउने गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ : ज्ञानेन्द्र शाही काठमाडौँ उपत्यकासहित देशका केही जिल्लामा आज आकस्मिक बाढीको जोखिम प्रतिनिधि सभाको बैठक स्थगित सुन-चाँदीको मूल्य घट्यो इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग