शर्मिला पाठक | भदौ १८, काठमाडौँ । आवास निर्माणका लागि घरबाट नक्सापास गर्न दर्ता गरिए पनि महानगरको कार्यालय वा वडा कार्यालयमा पनि जान"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शर्मिला पाठक | भदौ १८, काठमाडौँ । आवास निर्माणका लागि घरबाट नक्सापास गर्न दर्ता गरिए पनि महानगरको कार्यालय वा वडा कार्यालयमा पनि जान"/>
2026-06-21 02:33 AM
अर्थ/विकास

अनलाइनबाट नक्सापास प्रक्रिया झन्झटिलो

शर्मिला पाठक | भदौ १८, काठमाडौँ । आवास निर्माणका लागि घरबाट नक्सापास गर्न दर्ता गरिए पनि महानगरको कार्यालय वा वडा कार्यालयमा पनि जानुपर्ने भएकाले अनलाइनबाट नक्सापासको प्रक्रिया झन्झटिलो भएको छ । 

काठमाडौँ महानगरपालिका–१४ का रामप्रसाद सापकोटाले गत साउनको पहिलो साता घर निर्माणका लागि घरबाट नै नक्सा दर्ता गर्नुभयो । “घरबाट नक्सा दर्ता गराए पनि पुनः कागजपत्र बोकेर महानगरको कार्यालयसम्म जानुपर्यो, यसअघि आवश्यक कागजपत्र सहित प्रक्रिया पुर्याएर कागजपत्र बोकेर महानगरको कार्यालयसम्म पुगेपछि केही दिनमा नक्सापास हुने गरेकामा अहिले भने झन्झटिलो भएको छ” सापकोटाले भन्नुभयो । 

सबै नगरवासीसँग इन्टरनेटको पहुँच नभएको र भएकाहरु पनि प्रविधिसँग रमाइसकेको अवस्था छैन । नक्सापासका लागि दर्ता गर्न प्राविधिसँग जानकार व्यक्तिलाई खोज्नुपर्ने भएकाले पहिलेको भन्दा थप समस्या भएको उहाँको भनाइ छ । 

त्यसैगरी सुरेन्द्र श्रेष्ठको भनाइ पनि सापकोटाको भन्दा कम छैन । “कामपाले यस किसिमको व्यवस्था ल्याउनु पूर्व नै यसबारे नगरवासीलाई केही जानकारी गराएको भए समस्या हुने थिएन ”, श्रेष्ठ भन्नुहुन्छ । 

सबै नगरवासीले अहिले नै घरबाट अनलाइन नक्सापास गराउने सम्भावना भने कम रहेको श्रेष्ठले बताउनुभयो । नक्सापास गर्ने इन्जिनियरलाई नै अनलाइन नक्सापास गर्नेबारे जानकारी कम हुँदासमस्या आएको नक्सापास महाशाखा प्रमुख इन्जिनियर राम थापा स्विकार्नुहुन्छ । 

थापाका अनुसार गत साउनदेखि अहिलेसम्मा अनलाइनबाट नक्सापास गर्नेको सङ्ख्या २४० पुगेको छ । तीन सय ३८ जनाले नक्सापासका लागि फाराम दर्ता गरेको भए पनि प्रक्रिया नपुगेका कारण बाँकी अन्यको नक्सापास हुन सकेको छैन । 

अहिले अनलाइन सेवा सुरु हुनुपूर्व जति नै दैनिक २० देखि २५ वटासम्म नक्सापासका लागि दर्ता हुने गरेको छ । मापदण्डअनुरुप नक्सापासका लागि दर्ता अनलाइनबाट गराएपछि तोकिएको समयभित्र पास भएको सूची कामपाले नागरिकलाई पठाउनेछ । यदि नक्सापासका लागि मापदण्ड पूरा नभएको हकमा भने पास नहुनाका आवश्यक कारण पनि सूचीमा पठाइने व्यवस्था छ । 

गत साउन १ गतेदेखि कामपाका ३५ वटै वडामा सुरु गरिएको उक्त सेवामा नागरिकले घरबाटै अनलाइन मार्फत नक्सापासका लागि दर्ता गर्न पाइने भए पनि उक्त सेवाबारे नागरिकलाई जानकारी नभएको र कामपामा पनि थप व्यवस्थापनको काम भइरहेकाले अनलाइनबाट नक्सापास प्रक्रियामा कमी आएको प्रमुख थापाको भनाइ छ । 

थापाले भन्नुभयो, “कामपामा नै आएर नक्सापास गराउँदा लाइनमा बस्नुपर्ने र मापदण्ड पूरा नहुँदा विभिन्न किसिमको झन्झट नागरिकले व्यहोर्नुपर्ने हुँदा उक्त समस्याबाट मुक्त गराउनका लागि यो व्यवस्था गरिएको हो ।” सुरु सुरुमा केही कमी आए पनि पछिका दिनमा अनलाइनबाटै नक्सापास गर्नेमा उल्लेख्य सहभागिता हुने कामपाको विश्वास छ । 

महानगरभित्र नै निर्माण हुने ठूला व्यावसायिक भवनका हकमा भने नक्सापास गराउँदा नै काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट योजना स्वीकृति लिनुपर्ने भएकाले उक्त स्वीकृति लिएपछि मात्र अनलाइन नक्सापासको प्रक्रिया अघि बढ्ने कामपाले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी कम्युनिस्टहरू निराश हुने होइन, आशावादी हुने हो: माधवकुमार नेपाल हामी लोकतन्त्रप्रति प्रतिबद्ध छौँ : सभापति लामिछाने रास्वपाको केन्द्रीय समिति बैठक चितवनमा सुरू एक बृद्धको हत्याको आरोप आमाछोरा पक्राउ पौडी खेल्ने क्रममा एक युवक बेपत्ता पार्टीको भविष्य, विचार र सङ्गठनात्मक शक्ति कार्यकर्ताको निष्ठा र जनताको विश्वासबाट निर्देशित हुन्छ: महेश बस्नेत रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने स्कुल बस दुर्घटना हुँदा ३२ जना घाइते बाढीपहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ