भदौ २०, पर्वत । पन्ध्र महिनामा काम सक्ने गरी २०७१ साल फागुनमा सुरु गरिएको तीन किलोमिटर सडकको कालोपत्र गर्ने काम हालसम्म पनि पूरा नहुँदा पर्वतका ३४ गाविसका यात्रुले सास्ती भोग्नु परेको छ । 

पन्ध्र महिनामा काम सक्ने गरी नियमित सञ्चालन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, पर्वत । पन्ध्र महिनामा काम सक्ने गरी २०७१ साल फागुनमा सुरु गरिएको तीन किलोमिटर सडकको कालोपत्र गर्ने काम हालसम्म पनि पूरा नहुँदा पर्वतका ३४ गाविसका यात्रुले सास्ती भोग्नु परेको छ । 

पन्ध्र महिनामा काम सक्ने गरी नियमित सञ्चालन"/>

2026-09-19 07:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ठेकेदारले समयमा काम नगर्दा सडक अलपत्र

भदौ २०, पर्वत । पन्ध्र महिनामा काम सक्ने गरी २०७१ साल फागुनमा सुरु गरिएको तीन किलोमिटर सडकको कालोपत्र गर्ने काम हालसम्म पनि पूरा नहुँदा पर्वतका ३४ गाविसका यात्रुले सास्ती भोग्नु परेको छ । 

पन्ध्र महिनामा काम सक्ने गरी नियमित सञ्चालनमा रहेको पुरानो सडक भत्काएर नयाँ काम सुरु गरे पनि समयमा स्तरोन्नतिको काम नहुँदा यात्रुलाई सास्ती भएको हो । निर्माण कम्पनीले सडक बिगारेपछि समयमा मर्मत नगराउँदा सवारी चालक तथा यात्रुलाई एक किलोमिटर सडक पार गर्न एक घन्टा लाग्ने गरेको छ । 

जिल्लाको दोबिल्ला–फलेवास सडक निर्माणका लागि आर्थिक वर्ष २०७१÷७२ मा जयबाबा गोरख, ओखलढुङ्गा जेभीले ठेक्का लिएर काम सुरु गरेकामा एक किलोमिटर कालोपत्र गरेको छ भने फेवा आशिष नयाँबाटो जेभी निर्माण कम्पनीले जिम्मा लिएको काम अलपत्र अवस्थामा छाड्दा समस्या भएको हो । दुवै निर्माण कम्पनीलाई १५ महिनामा काम सम्पन्न गर्ने गरी जिम्मा दिइएको सडक डिभिजन कार्यालय बागलुङका इन्जिनियर अनन्त बरालले जानकारी दिनुभयो । तीन किलोमिटर सडक झन्डै डेढ करोड रुपैयाँमा सम्पन्न गर्ने गरी ठेक्का दिइएको हो । 

त्यस्तै थप सात किलोमिटरका लागि करिब रु १६ करोडमा ठेक्का सम्झौता भएको बरालको भनाइ छ ।

जिल्लाको सबैभन्दा पहिले ट्र्याक ओपन गरिएको उक्त सडक ग्रामीण सडकमध्ये पहिलोपटक कालोपत्र हुन लागेको भए पनि समयमा काम नहुँदा यात्रुलाई हुनसम्म सास्ती भएको छ । सडक सबै बिगारेर छाड्यो सवारी चालक रामबहादुर नेपालीले भन्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो