भदौ २४, सुरुङ्गा | नजिकिँदै गरेको चाडपर्वहरुलाई लक्षित गर्दे कनकाई नगरपालिका क्षेत्रका बजारलाई हप्ताको सातै दिन खुल्ला गरिने भएको छ । 

कनकाई नगरमा पर्ने सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर र घैलाडुब्बा बजार प्रत्येक साताको एक दिन बन्द हुँदै आए"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २४, सुरुङ्गा | नजिकिँदै गरेको चाडपर्वहरुलाई लक्षित गर्दे कनकाई नगरपालिका क्षेत्रका बजारलाई हप्ताको सातै दिन खुल्ला गरिने भएको छ । 

कनकाई नगरमा पर्ने सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर र घैलाडुब्बा बजार प्रत्येक साताको एक दिन बन्द हुँदै आए"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कनकाई नगरका बजार हप्तैभरि खुल्ला रहने

२०७३, २४ भाद्र शुक्रबार ०१:१९

भदौ २४, सुरुङ्गा | नजिकिँदै गरेको चाडपर्वहरुलाई लक्षित गर्दे कनकाई नगरपालिका क्षेत्रका बजारलाई हप्ताको सातै दिन खुल्ला गरिने भएको छ । 

कनकाई नगरमा पर्ने सुरुङ्गा, दुर्गापुर, लक्ष्मीपुर र घैलाडुब्बा बजार प्रत्येक साताको एक दिन बन्द हुँदै आएको थियो । तर, नजिकिदै गरेको नेपालीहरुको चाडपर्वलाई लक्षित गरी यही भदौ २२ गतेदेखि वडा दशैं, दिपावली तथा छठपूजा सम्मका लागि सम्पूर्ण बजारहरु खुल्ला राख्ने निर्णय भएको हो । 

चाडपर्वको समयमा उपभोक्ताहरुलाई दैनिक उपभोग्य वस्तु खरिद गर्न सहज होस् भन्ने उद्देश्यले बजार खुल्ला गर्ने निर्णय गरिएको कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेलले बताए । 

उद्योग वाणिज्य संघको बिहीबार बसेको वैठकले यो निर्णय गरेको हो । साथै,  वैठकले वजार क्षेत्रको सडक वत्ती, रात्रीकालीन चौकीदार व्यवस्थापन लगायत बजार क्षेत्रमा उत्पन्न हुन सक्ने विभिन्न समस्याहरुका विषयमा सहजिकरण गर्नका लागि वाणिज्य सचिव ख्याम ओलीको संयोजकत्वमा विश्वविजय खरेल र अनिल गोयल सदस्य रहने गरी उपसमिति निर्माण पनि निर्माण गरेको छ । 

हालसम्म संघको मातहतमा बजार क्षेत्रभरि चार जना चौकीदार कार्यरत रहेकोमा एक जनाको पद रिक्त रहेकाले चाँडै पदपुर्तिका लागि आवश्यक प्रक्रियाअघि बढाइएको संघका महासचिव सोमनाथ उप्रेतीले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार