Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रैथानिक (पूर्खेउली) अन्न-बाली लोप हुँदै

By साझासवाल 5 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

दान बहादुर बुढा । मुगु लगायत हिमाली जिल्लामा लगाईने पूर्खेउली अन्न-बाली पछिल्लो समयमा कृषकहरुले खेती गर्न छोडो पछि लोप हुँदै गएका छन् ।

मुगु जिल्लाको २४ बटा गाबिस लगाएत कर्णालीको हुम्ला, जुम्ला, डोल्फा, कालीकोट, बाजुरा, बझाङ्क, अछाम जिल्लाहरुमा मूख्य नगदेबालीको रुपमा परापूर्व कालदेखी गरीने खेती गरीने अन्न-बाली कागुनो, चिनो, तितेफापर, मिठे फापर, नाफल, जुनालो, नलसारो, लगाएतका अन्न-बाली दिन प्रतीदिन लोप हुँदै गईरहेको छ ।

यो लोप हुन गईरहेका नगदे बालीको संरक्षणको लागी जिल्ला कृषि बिकास कार्यालय मुगु र जिल्लामा कृषि क्षेत्रमा काम गर्ने २ दर्जन भन्दा बढी गैरसरकारी संघ-सस्थाले जिल्लामा काम गरे पनि लोपमुलक नगदे बालीको संरक्षणमा भने कुनै निकायले पहल नगरेको रोवा गाबिस वडा नम्बर ७ का स्थानिय कृषक बाच बहादुर बुढाले बताएका छन् । बुढाका अनुसार जिल्ला कृषि बिकास कार्यालयमा करोडैको बजेट बार्षिक कार्याक्रममा चलाएपनि रैथानिक नगदे बालीको संरक्षणमा कुनै पनि कार्यक्रम नगरेको बताउँछन् ।

जिल्लामा कृषि कार्यालय मुगुले कृषि क्षेत्रको बिभिन्न निकायमा काम गरे पनि रैथानिक बाली संरक्षणको लागी कुनै कार्यक्रम नभएको जिल्ला कृषि बिकास कार्यालयका कृषि प्रसारण अधिकृत राम सुरत पालले सहजै स्वीकार गरेका छन् । हाल लेपमुलक रैथानिक पुर्खेउली कागुनो, चिनो, तिते फापर, मिठे फापर, नाफल, जुनालो, नलसारो अन्न-बाली पहाडी तथा हिमाली जिल्लामा रहेका समुदायको परम्परागत कालदेखी खेतीपाति गर्दै आएका हुन्, यस्ता बालिहरुको अनुसन्धान प्रबद्र्धन नगरीनाले लोप हुन थालेको छ भने सेवा सुबिधा भएको ठूला बिकसीत शहरका होटल, पसल, रेष्टुरेन्ट, बिबाह ब्रतबन्धमा परीकार मिठाई र  औषधीको रुपमा प्रयोग हुने हुँदा हिजोआज बहुमूल्यमा माग बढीरहेको स्थानिए ब्यापारी रबि रावतले बताएका छन् ।

पछिल्लो समयमा आफ्नो रैथानिक बालीको संरक्षण गनु भन्दा बजारमा निस्केका सस्तो सुलभ चामल, आटाको पिठो, लगायत बिभिन्न खाद्यान्न बस्तु सस्तो हुने भएकाले पुर्खेउली रैथानिका बालीको लोप हुँद गईरहेको स्थानियबासीको भनाई रहेको छ ।